२२ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत किन नपठाएको भन्दै संसदमा उठयो प्रश्न?


प्रकाशित: आइतवार, ११ फागुन २०८१, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत किन नपठाएको बारे प्रश्न गरेका छन ।


आइतवार प्रतिनिधिसभाको बैठकमा सिंहले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइनुको कारण माग गरेका छन । 


प्रमुख प्रशासकिय अधिकृत नहुँदा महानगरका एक हजार ८ सय शिक्षकले चार महिना देखि तलव नपाएको र कर्मचारीहरु पनि तलवविहिन भएको शाहीले उल्लेख गरे ।

 
बैठकमा बोल्दै उनले ‘डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८०० शिक्षकले चार महिनादेखि तलब पाएका छैनन्। त्यस्तै दुई हजारभन्दा बढी वडाका आयोजना तथा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। समयमा तलब नपाउँदा कर्मचारीहरूको आफ्नो घरखर्च चलाउनसमेत गाह्रो भएको छ ।’


शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाएर बसेको टिप्पणी गरेका छन । 


‘प्रधानमन्त्रीले मेयरसँग सिउँठेजोरी खेलेर प्रतिस्पर्धा गरेर अगाडि बढ्नुभएको छ । एउटा मेयरसँग सिउँठेजोरी खेल्नुपर्ने, सिङ जुधाउनुपर्ने कारण के हो? यसको जबाफ यो संसदलाई दिनुपर्छ– उनले भने । 


प्रधानमन्त्रीले जनप्रतिनिधि कर्मचारीहरू, राजधानीलाई धोका दिएको उनले आरोप समेत लगाए ।


गत पुस ५ गते महानगरले एक पत्रकार सम्मेलन गरेर काठमाडौं– २८ पुरानो बसपार्कस्थित निर्माधिन काठमाडौं भ्यूटावर भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (इबीपिएस) मार्फत् प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको छ । 


यस अघि महानगरले सरकारसँग प्रमुख प्रशासकीय अधिकृत पठाई दिन माग समेत गरेको थियो ।

 

22 Ferbury 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex