७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरमा प्रमुख प्रशासकिय अधिकृत अधिकारीको पदबहाली


प्रकाशित: बुधवार, २२ भाद्र २०७९, १९ः२० बजे 
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पदबहाली गरेका छन । 


बुधवार अधिकारीले महानगरमा आफ्नो पदबहाली गरेका हुन ।  भदौ १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त भएका थिए ।  


पदवहाली पछि प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने,‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’


यस अघि अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । 


महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन ।  



तस्वीरः विनय शाक्य
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD