३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

काठमाडौं महानगरमा नागरिकता सिफारिस अब अनलाइनबाट 


प्रकाशित: बुधवार, २८ फागुन २०८१, १३ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनलाईनबाट नागरिकता सिफारिस प्रणाली सुरु गर्ने भएको छ । 


महानगरले चैत १ गतेदेखि अनलाइन प्रणालीमा आवद्ध गर्ने तयारी गरेको हो । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा सूचना प्रविधि विभागले वडा सचिवहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ ।


केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको प्रयोगात्मक अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम गरेर युजर नेम र पासवर्ड प्रदान गरेको छ । 


अनलाइन नागरिकता शिफारिससँग सम्बन्धित प्रणाली महानगरपालिकाको प्रशासन र सूचना प्रविधि विभागसँग अन्तरसम्बन्धित छ । 


विवरण प्रविष्ट गराउने, कागजपत्र प्रमाणित गरेर स्क्यान कपी राख्ने र विवरण पठाउने प्रणालीका मुख्य काम हुन् । 


यो प्रणालीका २ वटा मोड्युल छन् । एउटा इन्टरनल मोडयुल र अर्को एक्टरनल मोड्युल । इन्टरनल मोड्युल (आन्तरिक प्रणाली) इन्ट्रानेटबाट जोडिएका कम्प्युटरमा मात्र र एक्टरनल मोड्युल (सार्वजनिक) इन्टरनेट भएका कम्प्युटरबाट चलाउन सकिन्छ । तथ्याङ्क सुरक्षाका लागि यसो गरिएको हो । 


‘महानगरपालिकाका वडाहरुमा जडान गरिएका कम्प्युटरबाट प्रणाली चलाउन सकिन्छ । 


अभिमुखीकरणमा गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीले, वंशज, वैवाहिक अङ्गीकृत र गैरआवासीय नागरिकता शिफारिसका नमूनामार्फत प्रणाली चलाउने अभ्यास गरेका थिए ।

 
विवरण प्रविष्ट गराउने काम वडाका कर्मचारीबाट हुनेछ । यसरी भरिएको विवरण सेवाग्राहीले रुजु गरेर ठिक हो भनेपछि आवश्यक कागजपत्र समावेश गरेर वडाले अनलाइनबाटै जिल्ला प्रशासन कार्यालयमा पठाउँछ । यति भएपछि जिल्ला प्रशासन कार्यालयले फेरि कम्प्युटरमा विवरण प्रविष्ट गराइरहनु पर्दैन । स्वीकृत गरे मात्र पुग्छ ।

 

12 March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex