५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत


प्रकाशित: आईतवार, ११ पुस २०७८, १८ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले पदवाली भएको छ ।


महानगरमा आईतवारदेखि पौड्यालले प्रमुख प्रशासकीय अधिृतको रुपमा पद बहाली सुरु गरेको महानगरपालिकाले जनाएको छ । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुस ७ गते पौड्याललाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो । 


मन्त्रालयको सोही निर्णय अनुसार राजेश्वर ज्ञवाली भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएको छ । 


पदबहाली गरेपछि प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताए । 


सो अवसरमा आयोजित स्वागत कार्यक्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताए । 

तस्वीरः चन्द्रमणी भट्टराई

asteriskhubs
Home Page Bottom Second


maharjan complex