४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरमा चुनावी प्रतिस्पर्धा ! 


प्रकाशित: सोमवार, १९ बैशाख २०७९, १९ः२५ बजे
- अजय खड्गी

काठमाडौं । मुलुकभर स्थानिय निर्वाचनको रौनक सुरु भएको छ । 


काठमाडौं महानगरपालिका सन्दर्भमा चर्चा गर्नु पर्दा दुई ठुला मुख्य पार्टी नेपाली कांग्रेस र एमालेविचनै प्रतिस्पर्धा हुने पक्का छ । 


नेपाली कांग्रेसका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंह छिन भने नेकपा एमालेबाट पूर्व नगरप्रमुख केशव स्थापित प्रतिस्पर्धामा छन । 


सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीबाट उपमयेरमा रामेश्वर श्रेष्ठ र एमालेबाट युवा नेतृ सुनिता डंगोलविच प्रतिस्पर्धा हुने छन । 


महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारहरु चर्चामा देखिएका छन । चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमी, बलेन शाह लगायातले पनि मेयर पद जित्ने दावी गरेका छन । 


दल तथा स्वतन्त्र उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन भने मतदताहरु निर्वाचनका लागि उत्साही देखिएका छन । 


काठमाडौं महानगरका वडा जनप्रतिनिधिका लागि हुने प्रस्पिर्धामा धेरै जसो दोहोरिएका छन भने केही नयाँले पनि मौका पाएका छन । 


काठमाडौं महानगर २८ का नेपाली कांग्रेसबाट भाईराम खड्गी अध्यक्ष पदका लागि दोहोरिएका छन । सदस्यरुमा अरुण तण्डुकार, विरेन महर्जन, महिला सदस्य निना खड्गी  र दलित महिला सदस्यमा ललिता कार्की दली रहेका छन । 


एमालेबाट अध्यक्ष पदका लागि विपेन्द्र खड्गी, सदस्यहरुमा लोकेन्द्र खड्गी, मदन तण्डुकार, महिला सदस्यमा गणेशकुमारी मानन्धर तण्डुकार र दलित महिला सदस्यमा उर्मिला नेपाली छिन । 

 


कामपा २७ वडामा एमालेबाट निर्वाचित वडा अध्यक्ष चिनियाँमान बज्राचार्य दोहोरिएका छन । वडा सदस्यहरु सुनिलरत्न ताम्रकाकार, राधा प्रधान, महिला सदस्य उर्मिला महर्जन र आरक्षण महिला वडा सदस्य प्रभा परियार छिन । 


त्यसैगरी कामपा वडा १८ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रतिनिधि राजन महर्जन, सदस्यहरु हेराकाजी प्रजापति, सुनिल साही (सुनित) महिला सदस्यमा नरसिंह सुवाल उम्मेदवार छन । 

 


कामपा १३ वडामा पनि एमालेबाट निर्वाचित अध्यक्ष ध्रव नारायण मानन्धर दोहोरिएका छन । सदस्यहरुमा रामबाबु कोईराला, रुपेश महर्जन, महिला सदस्यमा रजनी महर्जन र दलित महिला सदस्यमा मैयाँ देउला छिन । 


सोही वडामा नेपाली कांग्रेसबाट अध्यक्षका लागि सुरेन्द्र मानन्धर, सदस्यहरुमा जुजुकाजी महर्जन, मुकेश महर्जन, महिला सदस्यमा अम्बिका सिंह र दलित महिला संगिता बैजुको उम्मेदवारी रहेको छ । 


महानगरको १५ वडाबाट नेकपा एमालेबाट अध्यक्ष पदका लागि पूर्णकाजी शाक्य, सदस्यहरु आनन्दराम गौतम, धावा रुम्बा, महिला सदस्यमा नम्रता महर्जन र दलित महिला सदस्य अनिता परियारको उम्मेदवारी छ । 


सो वडामा नेकपा एकिकृत समाजवादीबाट अध्यक्षका लागि एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष ईश्वरमान डंगोलको उम्मेदवारी छ भने सदस्यमा पूर्व निर्वाचित महिला वडा सदस्य मैयाँ लक्ष्मी महर्जन दोहोरिएकी छिन । सदस्यमा बिजु श्रेष्ठ, महिला सदस्यमा अवसरा के सी र दलित महिलामा रिता मिजारले उम्मेदवारी दिएका छन । 


कामपा १९ वडामा नेपाली कांग्रेसबाट वडा अध्यक्षको लागि राजेश कुमार श्रेष्ठ, सदस्यहरुमा चन्द्रमान डंगोल, दिनेशमान जोशी, महिला सदस्यमा रेणुकमल शाही र दलित महिला सदस्यमा रन्जीता परियारको उम्मेदवारी रहेको छ । 

 


सोही वडामा एमालेबाट वडा अध्यक्षमा चन्द्रमान मुनिकार, सदस्यहरुम निरब शाही, सुरेन डंगोल, महिला सदस्य लक्ष्मी हिरा शाक्य र दलित महिला सदस्यमा तिर्थदेवी पुजारीको उम्मेदावरी छन । 


१७ वडामा एमालेबाट मचाराजा महर्जनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन । 


कामपा १२ वडामा नेपाली कांग्रेसबाट अध्यक्षका लागि बालकृष्ण महर्जन, सदस्यरुमा पुष्पराज प्रजापति, श्यामकृष्ण खड्गी, महिला सदस्यमा नानीहेरा डंगोल र दलित महिला सदस्यमा मुना गहतराजले उम्मेदवारी दिएका छिन । 


सोही वडामा एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष बिकास डंगोल अध्यक्ष पदका लागि प्रस्तिपर्धामा उत्रेका छन । 


एकिकृत समाजवादीबाट वडा नं. २० का लागि अध्यक्षको प्रतिस्पर्धामा रजिन स्थापित, सदस्यहरुमा देवकुमार महर्जन, सूर्यमान डंगोल, महिला सदस्यमा मञ्जु मानन्धर राना र दलित महिला सदस्यमा शारदा नेपाली उम्मेदवार छिन । 


वडा २२ मा एमालेबाट निर्वाचित पूर्व अध्यक्ष चिनिकाजी महर्जन पुन दोहोरिएका छन भने सदस्यहरुमा अनिल चित्रकार, चन्दनसिंह धारी, महिला सदस्यहरु सरु श्रेष्ठ र दलित महिलामा गीता परिवारले उम्मेदवार दिएका छन । 


कामपा २९ वडाबाट नेकपा माओवादी केन्द्रबाट अध्यक्षका लागि कृष्णमान श्रेष्ठ, सदस्यहरुज्ञान कुमार श्रेष्ठ, खेलबहादुर देउला र महिला सदस्यमा रुद्रकुमारी कार्की र दलित महिलामा मन्सा सिंह परियार प्रतिस्पर्धामा छिन ।

 
त्यसैगरी काठमाडौं महानगर वडा १ मा एमालेबाट निर्वाचित पुर्व वडा अध्यक्ष भरतलाल श्रेष्ठ दोहोरिएका छन । सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, श्याम शरण प्रजापति, महिला सस्ययमा रसला तण्डुकार र दलित महिला सदस्यमा ईन्द्र कुमारी परियारले उम्मेदवारी दिएका छन ।

 
राष्ट्रिय प्रजापतन्त्र पार्टीले वडा २३ का अध्यक्षका लागि राकेश लाल श्रेष्ठलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन । सदस्यहरुमा रणजित सिंह कुँवर र रोहित कुमार शाक्य छन । 


अन्य थुप्रै राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा उत्रेका छन । यही बैशाख ३० गते देशभरी नै स्थानिय निर्वाचन मार्फत जनप्रतिधि चुनिने भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex