८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरमा घरकोठा खाली गराउने उजुरी धेरै आए


प्रकाशित: सोमवार, २८ असार २०७८, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको न्यायिक समितिमा घरकोठा खाली गराउने उजरी धेरै आउने गरेको देखिएको छ । 


समितिमा आउने उजुरीमध्ये सबैभन्दा धेरै घरकोठा खाली गराउने विषय भएको महानगरको नगरसभाको  छैटौँ बैठकमा प्रस्तुत गरिएको प्रतिदेनमा उल्लेख छ । 


समितिकातर्फबाट सदस्य सरोज ढकालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ०७८ असार २० गतेसम्ममा समितिमा २८३ वटा परेकोमा आ. व. ०७७/०७८ मा ५५ वटा त्यस्ता निवेदन दर्ता भएका छन । त्यसैगरी आ. व. ०७६ /०७७ बाट दायित्व सरेर १२८ वटा आएका छन । 


यीमध्ये १०६ वटा उजुरी फस्र्यौट भएका छन् भने १४७ वटा विचाराधीन अवस्थामा छन । १३ वटा कार्यान्वयन भएका छन भने ९ वटा मेलमिलापका माध्यमबाट टुङ्गिएका छन ।


सभामा प्रस्तुत प्रतिवेदनमाथि नगर सभा सदस्य रामकुमार के. सी. लगायतले सुझाव पेस गरेका थिए । 


कोठा खाली गराइ पाउने विषय धेरै उठ्ने तर यसका लागि संघीय कानुन आकर्षित हुने भएकोले न्याय सम्पादनमा ढिलाई हुने भएकोले यो विषयलाई स्थानीय सरकारको प्रमुख कामका रुपमा समेट्नु पर्ने नगर सभा सदस्यहरुको मत थियो ।


सभामा उपप्रमुख एवं समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठ र सदस्यहरु सरोज ढकाल र ववी परियारले प्रतिवेदन प्रमुख तथा सभाका अध्यक्ष विद्यासुन्दर शाक्यलाई बुझाएका थिए । 


प्रतिवेदनकाअनुसार समितिमा घर निर्माण रोक्का, बाटो खुलाइ पाउन, क्षतिपूर्ति पाउन, बहाल रकम दिलाइ पाउन, इज्जत आमदअनुसार खान लाउन सहयोग गरी पाउन लगायतका उजुरीहरु परेका छन । 


त्यसैगरी मेलमिलाप गराइ पाउन, बाटो खिचोला मिलाइ पाउन, माना चामल भराइ पाउन, मेलम्ची धाराका लागि बाटोको खिचोला मिलाउन, टहरा खाली गराइ पाउन जस्ता विषयमा उजुरी परेका थिए । 


यसै गरी बहाल बुझाइ मालसामान फिर्ता पाउन, अन्तरिम संरक्षणात्मक आदेश दिलाइ पाउन, पालन पोषण र स्याहारा सुसार गराइ पाउन, घर भाडा सम्झौता गराइ पाउन, ध्वनी प्रदुषण रोकी पाउन, घर बहाल रोक्का गरिपाउन, सम्पत्ति संरक्षण गरी पाउन जस्ता विषयमा उजुरी परेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD