काठमाडौं । काठमाडौ महानगरपालिका केही वडाहरुमा मतदान भएको तथ्यांक आउन थालेको छ ।
काठमाडौं महानगरपालिका वडा नं.१ का नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार किरण श्रेष्ठका अनुसार २३४८ मत खसेको बताए । यस वडामा ३७२९ मतदाता रहेको छ ।
वडा २० मा ३०१० मत खसेको नेपाली कांग्रसका वडा अध्यक्ष उम्मेदवार राजेन्द्र मानन्धरले जानकारी दिए । यस वडामा ४६१४ मतदाता रहेको छ ।
त्यसैगरी, वडा नं. १७ मा ५६२७ मत खसेको वडा अध्यक्ष उम्मेदवार नविन मानन्धरले जनाएको छ ।
कामपा १० मा ७०९० मत खसेको छ । यस वडामा १०,५०३ मतदाता रहेको छ ।
थप विवरण आउन बाँकी छ ।
Categorized in स्थानिय