३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरमा कति जेष्ठ नागरिक ? एक्लो महसुस गर्न नदिनेः शाक्य


प्रकाशित: आईतवार, ८ असार २०७६, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्र ७,५५७ जना रहको तथ्यांक सार्वजनिक गरेको छ । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरका जेष्ठ नागरिकले एक्लो महसुस गर्न नदिने बताएका छन । 


महानगरले जेष्ठ नागरिकलाई प्रदान गर्ने महानगर विशेष भत्ता वितरणको कार्यक्रममा प्रमुख शाक्यले जेष्ठ नागरिकलाई बेसहार बन्न नदिने प्रतिवद्धता गरेका छन । 


महानगरले दिने विशेष भत्ता अन्तर्गत ७५ बर्ष उमेर पूरा भएका महिला र ८० बर्ष उमेर पूरा भएका पुरुष जेष्ठ नागरिकलाई जनही १२ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । 


महानगरभित्र स्थायी बसोबास गर्ने नागरिकलाई प्रदान गरिने यो भत्ता यस बर्ष १ हजार ९३६ पुरुष र ५ हजार ६२१ जना महिलाले प्राप्त गर्दै आईरहेको छ ।  


कामपा वडा नंं २७ मा ७६ पुरुष र ३१५ महिला गरी ३९१ जना, वडा ४ मा ९७ पुरुष र २५७ महिला गरी ३५४ जना, वडा १४ र २५ मा बराबरी ३४० जना रहेका छन । 


त्यसैगरी वडा १६ ४५ जना पुरुष र ८७ जना महिला गरि १३२ जना, वडा २० र २२ वडामा क्रमश १४१ जना महानगर भत्ता पाउने नागरिक रहेका छन । वडा ८ वडामा ४४ जना पुरुष र १०७ जना महिला गरि १५१ जना रहेका छन ।


यसरी वितरण हुने भत्ता रकम ९ करोड ६ लाख ८४ हजार रुपैयाँ रहेको महानगरपालिकाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex