६ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरमा एस्ट्राजेनेका पहिलो खोप सोमवार देखि लगाईने


प्रकाशित: आईतवार, १० असोज २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरमा सोमवारदेखि एस्ट्राजेनेको पहिलो खोप लगाईने भएको छ । 


जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समिति, काठमाडौंको आईतवारको निर्णय अनुसार महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रमा खोप लगाउन सकिने छ । 


खोप लगाउन परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बर लिएर विहान १० बजेदेखि ४ बजेभित्र खोप लगाउन महागरले अनुरोध गरेको छ । 


साथै नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली र श्री बीरेन्द्र सैनिक अस्पताल, छाउनमा गएर पनि खोप लगाउन सकिने छ ।

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD