काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिको मेयर (प्रमुख)मा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार बसेको सविचवालय बैठकले स्थापितलाई मेयर र उपमेयरमा सुनिता डंगोललाई चयन गरेको हो ।

बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।
भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ ।
Categorized in स्थानिय