५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरमा एक लाख ५३ हजार ८०४ मत गनि सकियो, अब कति बाँकी ?


प्रकाशित: मंगलवार, १० जेठ २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले मंगलवार साँझ ६ः४५ बजेको अपडेट अनुसार १ लाख ५३ हजार ८०४ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले ३१ हजार ६४८ मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ५१ हजार ५३० मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ५३७ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ५६ हजार २६८ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १९ हजार १९३ मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ९ हजार ९६७ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ९ हजार ७८० मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम  हो ।


अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । अबको केही समयपछि १७ वडाको पनि मतगणना हुने बताईएको छ ।


महानगरमा करिब १ लाख ९१ हजार १८६ मतदान भएको थियो । यस अनुुसार अब ३७ हजार ३८२ मत मात्र गन्न बाँकी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex