५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरमा एक लाख ३४३५६ मत गनिसक्दा, सुनिताले कटाईन ४८ हजार अरुले कति ?


प्रकाशित: सोमवार, ९ जेठ २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले सोमवार साँझ ६ः०० बजेको अपडेट अनुसार १ लाख ३४ हजार ३५६ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले २६ हजार ७७३ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले २७ हजार ७५८ मत पाएका छन ।

 
स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ४६ हजार ५३४ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ४८ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ४८ हजार ५१६ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १६ हजार ६६० मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ८ हजार ५०८ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ७ हजार ३९८ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम  हो । वडा १८ को पनि मतगणना सुुरु हुने भएको छ । 


अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex