७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरमा एक लाख १०,८६० मत गनिसक्दा सुनिताले कटाईन ३९ हजार


प्रकाशित: आईतवार, ८ जेठ २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले आईतवार साँझ ४ः४५ बजेको अपडेट अनुसार १ लाख १० हजार ८६० मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ८५१ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले २२ हजार ५८४ मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ४० हजार ५१ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ४ हजरा २५५ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३९ हजार ८१६ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १३ हजार ८९५ मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ७ हजार २६३ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ४ हजार ९०४ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१, ३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD