१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरभित्र ४०३ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


प्रकाशित: शनिवार, ६ बैशाख २०७७, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४०३ जनाको आरडिटि (र्‍यापिड डाइनोस्टिक टेस्ट) गरेको छ । 


महानगरले बुधबार, बिहीबार र शुक्रबार ८ वटा वडामा गरिएको टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जनाएको छ । 


कामपा ३१ वडामा ११९ जना, ३२ मा ११३ जना, वडा ४ मा  ५१ जना, वडा १५ मा ४८ जना ५ का ३९ जना, २२ का १७ जना, १० का १३ जना र ९ का ३ जनाको परिक्षण गरिएको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिए । 


परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ रहेको बज्राचार्यले बताए । गत फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरुको कोरोना संक्रमणको अवस्था पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो । 


वडा ९, १०, ३१ र ३२ का व्यक्तिहरुका लागि मीनभवनस्थित साविक ट्रली बस स्टेशन भएको ठाउँमा र वडा ४ का वडाबासीका लागि सुकेधारास्थित बागमती कलेजमा परीक्षण गरिएको थियो । 


त्यस्तै वडा ५ को वडा भवनको प्राङ्गणमा र वडा १५ र २२ वडाबासीका लागि डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिक्षण परीक्षण गरिएको थियो ।


परीक्षण गरिएका स्थानहरुमा महानगरका प्रमुख बिद्यासुन्दर शाकय, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्यहरुले निरीक्षण अनुगमन गरेका थिए । 


महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार फागुन १८ गतेपछि स्वदेश फिर्ता भएका २६३ जना व्यक्तिको नामावली संकलन भइसकेको छ । महानगरले आरडिटि शुरु गरेपछि यो संख्या बढ्न थालेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD