२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरभित्र वाल पेन्टिङ, पोस्टर, स्टिकर टाँस्ने लगायतका विज्ञापन गर्न नपाईने


प्रकाशित: शुक्रवार, १५ बैशाख २०७९, १७ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक पेटी, सार्वजनिक प्रयोगका संरचना, विद्युतीय पोल, टेलिफोनका खम्बा लगायतका क्षेत्रमा गरिने विज्ञापनहरु गर्न नपाईने जनाएको छ । 


महानगरले यस किसिमको बाह्य विज्ञापनको लागि ल्याएको निर्देशिका ‘काठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका – २०७९’ अनुसार सो कार्यहरु गर्न पाईने छैन । 


२०७९ चैत ३० गते प्रकाशन भएको सो निर्देशिकाको ६ परिच्छेद र २४ दफा रहेको निर्देशिकामा वाह्य विज्ञापन सम्बन्धी व्यवस्था, बिज्ञापन गर्न निषेध, बिज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, बिज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठन लगायत व्यवस्था छन ।


सो अनुसार महानगरले महानगर क्षेत्रभित्र बिज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति दिइने छैन ।  


प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने बिज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । 


बिज्ञापन सम्बन्धी संघीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकुल असर हुने बिज्ञापन गर्न पाइँदैन । महानगरपालिकाको नगर सभाबाट स्वीकृत नीतिले कुनै स्थान विशेषमा रोक लगाएको भए यस्तो स्थानमा विज्ञापन गर्न पाइँदैन । 


बिज्ञापन राख्ने ठाउँ १२ फिट भन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, वाहिरी रुपमा रङ्ग रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा बिज्ञापन बोर्ड राख्न पाइँदैन । 


कुनै घर वा भवनको बार्दली, झ्याल, ढोका, भेन्टिलेटर छेकेर हावा वा प्रकाश छेकेर वोर्ड राख्न पाइँदैन । 


मल, सुपर मार्केट र बहुतले व्यावसायिक भवन बाहेकका पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कुटनीतिक क्षेत्रमा र त्यसको १ सय मिटर भित्रको दुरीमा बोर्ड राख्न पाइँदैन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex