२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरभित्र फेला परेका १५४ वटा ढुङ्गेधाराको अवस्था सार्वजनिक 


प्रकाशित: शनिवार, ३० मंसिर २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १५४ वटा ढुङ्गेधारा रहेको अलान फाउन्डेसनले जनाएको छ । 


फाउण्डेशनले गरेको अध्ययन प्रतिवेदनले ६१ वटा (४० प्रतिशत) पानी आउने, ५० वटा (३२ प्रतिशत ) पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६५प्रतिशत) रहेको छ ।


त्यसैगरी हराएका २१ वटा (१४ प्रतिशत)  र फेला नपरेका (नभेटिएका) १२ वटा (८ प्रतिशत) रहेको उल्लेख गरेको छ ।


अध्ययनका क्रममा हिटीलाई यिनै ५ प्रकारमा बाँडेर तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त विवरणअनुसार १ सय २१ हिटी भौतिक रुपमा भेटिएका छन । ३३ वटाले आफ्नो निशान गुमाइसकेका छन ।  


वडागत रुपमा हेर्दा वडा नं. १५ र ३२ गरी २ वटा वडामा १२ / १२ वटा हिटी छन । वडा नं. ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन । 


वडा नं. १२ र १३ मा १÷१ वटा, वडा नं. ३, २१ र २९ मा २/२ वटा, वडा नं. २ र ३० मा ३/३ वटा हिटी भेटिएको छ । 


वडा नं. ५, २८ र ३१ मा ४/४ वटा, वडा नं. २० मा ५ वटा, वडा नं. १, ८, १९, २६ मा ६/६ वटा हिटी छन । वडा नं. १८ मा ७ वटा, वडा नं. ४ र ७ मा ८/८ वटा, वडा नं. ९ र १६ मा ९/९ वटा, वडा नं. १७ मा १० वटा, वडा नं. ६ मा ११ वटा र वडा नं. १० मा १३ वटा हिटी छन । 


हिटी र यसको परिसर संरचना कायम राखिएको छ भने यस्ता हिटीलाई काम गर्ने प्रकारका राखिएको थियो भने पानीको प्रवाह नभएका हिटीलाई काम नगर्ने हिटीका रुपमा राखिएको थियो ।
बेलैमा ध्यान नदिए लोप हुने जोखिममा रहेका हिटीलाई संकटमा रहेका (लोपोन्मुख) वर्गमा राखिएको थियो ।

 
अवलोकनका समयमा हिटीको संरचनामा क्षति पुगेको, पानीको बहाव स्थितिलाई ध्यान नदिई वनस्पति वा अन्य वस्तु राखिएको, अन्य कुनै संरचना वा क्रियाकलापले हिटीको अस्तित्वलाई बाधा गरिएको अवस्थामा रहेका हिटीलाई यस वर्गमा राखिएको थियो ।  


हिटी थियो भनिएको ठाउँमा अवलोकन गर्दा हिटीको कुनै दृश्य प्रमाण फेला नपरेको, यस अघिको तथ्याङ्कमा पनि नभेटिएको हिटीलाई हराएका वर्गमा राखिएको थियो ।

 
यस अघिको तथ्याङ्कमा उल्लेख भएका तर अहिले स्थलगत रुपमा हेर्दा नदेखिएका ढुङ्गेधारालाई फेला नपरेको वर्गमा राखिएको थियो । 


काठमाडौँमा राजकुलो, पोखरी र पानीका नालीहरूको सञ्जाल बनाएर जीवन पद्धतिसँग पानीको उपलब्धता जोेडिएको छ । 


सहरी जीवनको संस्कार, संस्कृति र परम्परासँग जल सम्पदाको अभिन्न नाता छ । यसको महत्वलाई बास्तुकलाले सम्पन्न ढुङ्गेधाराको संरचनामा देख्न सकिन्छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex