काठमाडौं । काठमाडौं महानगरपालिको महानगरभित्र पार्किङ क्षेत्र निर्धारण गर्ने भएको छ ।
महानगरको विहिवार बसेको १३ औं नगर कार्यसमितिको बैठकमा प्रमुख प्रशासकिय अधिकृत वसन्त अधिकारीले महानगरभित्र कुन कुन क्षेत्रमा पार्किङ गर्ने र नगर्ने विषयमा अध्ययन भईरहेको बताए ।
उनले भने,‘अहिले हामीले ट्राफिक सल्लाहकारको संयोजकमा एउटा समिति बेनेको छ, उहाँले काम गरिरहेको छ, उहाँले महानगरको कुन क्षेत्रमा पार्किङ गर्ने र नगर्ने सो विषय टेक्निकल अध्ययन गरिरहुनु भएको छ ।’
समितिबाट आएको सुझाव महानगरको पूर्वाधार समितिमा पेश हुन्छ र कार्यपालिकाले निर्णय गरेपछि महानगरको पार्किङ कुन क्षेत्रमा गरिने र कहाँ शुल्क लाग्ने र नलाग्ने निर्धाण हुने उनले जनकारी दिए ।
Categorized in स्थानिय