काठमाडौं । काठमाडौं महानगरभित्रका विभिन्न अस्पताल तथा वडाहरुमा विहिवारदेखि सुरु भएको खोप कार्यक्रम स्थगित भएको हो ।
महानगरपालिकाको सहरी स्वास्थ्य विभागले आईतवार एक सुचना जारी गरी खोप कार्यक्रम अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको हो ।
विभागका अनुसार आजबाट खोप सकिएपछि खोप कार्यक्रम रोक्नु परेको विभागका प्रमुख हरि बहादुर कँवरले बताएका छन । साउन १४ गते देखि ४५ बर्ष र सो भन्दा माथिका उमेर समूहलाई भेरोसेल खोप दिन सुरु गरएको थियो ।
महानगरभित्र खोप कार्यक्रम चार दिन सम्म चलेको थियो ।

Categorized in स्वास्थ्य