काठमाडौँ । काठमाडौं महानगरभित्रको कोभिड अवस्थाबारे एक तथ्यांक सार्वजनिक गरिएको छ ।
काठमाडौँ महमानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागको चैत ७ गतेको तथ्याङ्कले काठमाडौँ महानगर क्षेत्रमा कोवडका एक जना मात्र संक्रमित रहेको छ ।
विभागका अनुसार यसअवधिमा भेटिएका ३४ हजार ६६२ कोविड संक्रमितमध्ये ३४ हजार ४०७ जना निको भएका छन । २५४ जनाको मृत्यु भएको छ ।
४३ हजार ३१८ जना को कन्ट्याक ट्रेसिङ्ग गरिएकोमा २४ हजार ७४९ जनाको पिसीआर परीक्षण गरियो । यसमध्ये ५ हजार ३१८ जनामा कोविड पोजेटिभ देखिएको थियो ।
छिमेकी देश भारत लगायत विभिन्न देशमा कोभिडको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार विज्ञप्ती जारी स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न भनेको छ ।
मन्त्रालयले सभा, सेमिनार, जुलुस, भोज, भीडभाड, हुलुमुल जस्ता गतिविधीहरुमा रोक लगाएको बताएको छ । साथै सामाजिक दुरी कायम गर्न, मास्क अनिवार्य रुपमा लगाउन भनेको छ ।
सातै प्रदेशका स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य संस्था, जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका हेल्थ डेक्सलाई कोविड नियन्त्रणका पूर्व मापदण्ड सम्बन्धि पत्राचार गरेको छ ।
नाकाबाट नेपाल प्रवेशगरेकाहरुमा ज्वरो आएका, मलेरिया भएका विरामीको आरडिटि र कोविडको शंका भएका विरामीको एन्टिजेन्ट परीक्षण गराउन मन्त्रालयले भनेको छ ।
यसै गरी क्वारेन्टाइन आदेश २०७७ को पालना गराउन, रोगको निगरानी बढाउन, केस इन्भेष्टिगेसन र कन्ट्याक ट्रेसिङ्ग बढाउन, पीसीर र एन्टिजेन्ट सुनिश्चित गर्न, जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गराउन भनिएको छ ।
Categorized in स्वास्थ्य