३० बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरभित्रका यी व्यवसायिक भवनहरुमा पार्किङ शुल्न लिन नपाइने


प्रकाशित: सोमवार, १ साउन २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका व्यवसायिक भवनहरुमा पार्किङ शुल्क लिन नपाइने भएको छ ।


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरभित्रका व्यवसायिक भवनहरु निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्पलेक्स, मलहरुमा पार्किङ शुल्क निःुशुल सेवा उपलव्ध गराउनु पर्ने जनाएको छ ।


त्यसैगरी अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले पनि पार्किङ शुल्क लिन नपाउने प्रमुख बालेनले उल्लेख गरेका छन । 


महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको उनले जानकारी दिए । 


बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका÷भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD