२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरभित्रका पेट्रोल पम्प पहेलो रंगको हुनुपर्ने


प्रकाशित: विहिवार, १८ माघ २०८०, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पेट्रोल पम्पहरु अबदेखि पहेलो रंगमा हुनु पर्ने भएको छ । 


विहिवार बसेको महानगरभित्रका पेट्रोल पम्पको अवस्था, अध्ययन, अनुगमन तथा व्यवस्थापन समितिले सो निर्णय गरेको हो । 


सो निर्णय अनुसार पेट्रोल पम्मको पहिचान तथा एकरुपताको लागि पम्पहरुमा पहेलो रंग अनविार्य रुपमा लगाउनु पर्ने भएको छ । साथै पेट्रोल भर्ने कर्मचारीहरुले अनिवाई रुपमा खैरो रंगको पीपीई लगाउनु पर्नेछ । 


त्यसैगरी, पम्पभित्र निःशुल्क शौचालय अनिवार्य व्यवस्था गरिनु पर्ने, पम्प परिसरमा हरियाली गराउनु पर्ने र कर्मचारीहरुलाई अग्नि नियन्त्रणसम्बन्धी तालिम व्यवस्था गरिनु पर्ने भएको छ ।

 
महानगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीको संयोजक्तमा गठित सो समितिले महानगरभित्रका पेट्रोल पम्पहरुको अध्ययन तथा अनुगमन गरेको थियो। 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex