२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरभित्रका टोलहरुको पुरानै नाम राखिने प्रक्रिया सुरु 


प्रकाशित: शुक्रवार, २ चैत्र २०८०, १०ः१६ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानरभित्रका पुराना ऐतिहासिक, सांस्कृतिक नामहरुको पुनरुत्थान गर्ने भएको छ । 


महानगरले पहिलो चरणमा ५ वटा वडाबाट प्रारम्भ गर्ने तयारी गरेको महानगरले जनाएको हो ।


कामपा वडा नं. ५ हाँडीगाउँको प्राचीन नाम नरः राखिनेछ । यस वडामा ५२ वटा त्यस्ता नामहरु रहेका छन ।


त्यसैगरी वडा नं. ६ बौद्धको प्राचीन नाम खस्योरःरखास्ती रहनेछ । यस वडामा मा ५० वटा प्राचिन नामको खोजी भइसकेको छ । 


वडा नं. ७ चाबहिल (प्राचीन नाम चावहीः), यसवडामा ७१ वटा,  वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेतः) मा ३६ वटा, वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ४९ वटा नाम अभिलेखन गरिएको छ । 


महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो । 


‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिदै गयो बताउँदै उनले भने,‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । यी दुई नाममध्ये प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग अनुरोध गर्दछु । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ । काठमाडौँको गरिमा यसैमा छ ।’


अध्ययनका क्रममा ६० बर्ष उमेर समूहभन्दा माथिका पाका व्यक्तिहरुको स्मरण नक्साङ्कन (मेमोरी म्यापिङ्, त्यो क्षेत्रको नाम, त्यहाँ हुने अध्यनको क्रममा ठाउँहरुको मौलिक नाम ७० बर्ष उमेर माथिका व्यक्तिहरुले मात्र उच्चारण गर्ने गरेको पाइयो ।


यी खोजिएको नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपी, देवनागरिक लिपी र अंग्रेजी भाषा नाम पाटी राखिनेछ । 


नाम अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठका अनुसार नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोशाक हाकुपटासीमा भएको रातो र कालो रङ्गको पृष्ठभूमिमा ‘नाम पाटी’ (नेम प्लेट) राखिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex