१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरबाट ९३ हजार ४२३ जनालाई स्वास्थ्य सेवा प्रदान


प्रकाशित: विहिवार, २२ फागुन २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट यस बर्षको ७ महिनामा ९३ हजार ४२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । 


यसमध्ये ४४ हजार ९६८ जनाले बहिरंग सेवा लिएका छन ।  आर्थिक वर्ष २०७९/०८० मा ९४ हजार २७१ जनाले स्वास्थ्य सेवा लिएकोमा ३० हजार २२५ जनाले बहिरंग सेवा लिनुभएको थियो । 


स्वास्थय सेवामा उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । 


यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रण, सुलभ फार्मेसी सेवा, महानगर एकीकृत  एम्बुलेन्स सेवा सञ्चालित छन् ।   


प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् । 


यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, स्वास्थ्य नीति निर्माण तथा पैरवी, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् । 


निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र र्‍यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् ।


यस्तै पुनर्स्थापनात्मक सेवामा फिजियोथेरापी सेवा सुरु हुने चरणमा छ । विभागले चैत मसान्तभित्र २९ वटा प्रवर्धन केन्द्रहरुमा सेवा सञ्चालन गर्ने तयारी गरेको छ । 


वडा नं. ४, १५ र २४ मा पूर्वाधार तयारी भइरहेको छ । यी केन्द्रहरुमा आउँदो असार मसान्तभित्र सञ्चालन गर्ने तयारी छ ।  


३९ हजार २१३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिएको छ । विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ७६ हजार ९६२ जना बालबालिकालाई खोप दिइएको छ । 


अर्ध वार्षिक रुपमा ३९ हजार ९९८ जना बालबालिकालाई भिटामिन ए र ३५ हजार ३५० बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । ६ स्थानबाट निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ । 


४५ हजार व्यक्तिलाई विमा कार्यक्रममा आवद्ध गरिएको छ । २६ हजार १९ जनामा नसर्ने रोगको स्क्रिनिङ् गरिएको छ ।


महानगरबासीलाई निःशुल्क रक्त तथा रक्तजन्य पदार्थ उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ३ हजार ३२६ पिन्ट रगत संकलन भएको छ । ३३० जनाले निःशुल्क रक्त तत्व लिएका छन । 


लक्षित वर्ग निःशुल्क उपचारका अन्तर्गत विपन्न, वेवारिसे, असहाय १४५ जनाले उपचार पाएका छन।   


स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. का अनुसार वडा नं. २६ मा केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, वडा नं. ११ मा सुलभ फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको छ ।

 

6 March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex