१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरबाट सूर्यविनायक र स्तुपा सामुदायिक अस्पतालाई भेन्टिलेटर प्रदान 


प्रकाशित: बुधवार, १८ फागुन २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताल र  स्तुपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । 


बुधवार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तुपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

 


स्तुपा समुदायिक काठमाडौं महानगरपालिका वड ६ स्थित सञ्चालमा छ । 


महानगरलाई भगिनी सहर तिव्वतको ल्हासा नगरले उपलव्ध गराएको ५ थान भेन्टिलेटरबाट ३ वटा भेन्टिलेटर वितरण गरिएको हो ।


 भेन्टिलेटर हस्तान्तरणपछि प्रमुख शाक्यले भने, ‘हामीले महानगरबासीको मात्र होइन । महानगर आउने सबै जनताको स्वास्थ्य र शिक्षा जिम्मा लिएका छौँ । यहाँ उपचार र शिक्षाका लागि आउने कसैले फर्कनु नपरोस् भनेर ती क्षेत्रमा क्षमता बढाउने काम गरेका छौँ ।’ 


काठमाडौँ जिल्लाका सबै नगरसँग नगर—नगर साझेदारी कार्यक्रम सञ्चलान गरेको र  ५ वटा प्रदेशका ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि १ करोड ५० लाख रुपैयाँका दरले महानगरले सहयोग गरेको प्रमुख शाक्यले बताए ।  


शाक्यले भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरलाई सहयोग गरेको तथा ललितपुर महानगर र गोदावरी नगरसँग साझेदारी गर्ने कार्यक्रमको विषयलाई अन्तिम रुप दिन लागेको जानकारी दिए । 


सूर्यविनायक नगरका प्रमुख बासुदेव थापाले सूर्यविनायक नगर अस्पताललाई महानगरले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज महसुस भएको बताए ।  


महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भनिन, ‘हामीले सरकारी र सामुदायिक अस्पतालहरुको क्षमता बढाउन सहयोग गरेका छौँ । कोविडका बेला विकासका काम रोकेर पनि स्वास्थ्य सुरक्षाका लागि काम ग¥यौँ ।’


उनले भने,‘हामी संघ र प्रदेश सरकारको सहयोगमा १ सय वेडको अस्पताल बनाउने योजनामा छौँ । महानगरले भेन्टिलेटर दिएको छ । एचडीयु र आइसीयुका लागि सामाग्री र उपकरण प्राप्त भएपछि त्यस भेगबाट अत्यावश्यक सेवा लिने विरामीले अन्य अस्पताल जानु पर्दैन । यसबाट अन्य अस्पतालको चाप घट्नेछ ।’ 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD