काठमाडौं । काठमाडौं महानगरपालिकाले ३०औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराएका १० जना स्रष्टालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमि, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के। सुन्दरलाई सम्मान गरिएको हो।
खेलतर्फ तेक्वान्दोका संगिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको हो।
उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।
शनिबार उनीहरुलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डंगोलले सम्मान गरेका थिए ।
आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरू गरिएकोे छ ।
Categorized in स्थानिय