३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरपालिका वडा ३ द्धारा आठ जना महिला सम्मानित


प्रकाशित: शुक्रवार, २४ फागुन २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । १०९ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा काठमाडौं महानगरको वडा नं. ३ ले वडाभित्रका ८ जना महिलालाई बिशिष्ट नारी व्यक्तित्व सम्मान प्रदान गरेको छ । 


वडा परिसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा बैज्ञानिकतर्फ रोचना जोशी र शान्ति भट्टराई, उद्यमीतर्फ अम्बिका शर्मा, खेलाडीतर्फ देवु थापा, मञ्जु श्रेष्ठ र रेनुका श्रेष्ठ, साहित्यतर्फ रञ्जुश्री पराजुली तथा बाद्यबादनमा सरोज बादक रुपा न्यौपाने रहेका छन ।


सो अवसरमा वडाध्यक्ष दीपक के. सी. ले सामाजिक सन्तुलनका लागि महिलालाई छोडेर कुनै पनि काम गर्न नसकिने बताउँदै नारी सम्मानले समृद्धि बढ्ने बताए । 


उनले वडाको आर्थिक र सामाजिक बिकाससँगै भौतिक बिकासमा पनि महिलाको योगदान अतुलनीय रहेको उनको भनाई थियो । 


गएको बर्ष सम्मान प्राप्त गर्नेहरुको तर्फबाट लक्ष्मी शर्मा आफ्नो भनाई राखेका थिए ।  


वडाले बिजया दशमीका अवसरमा जेष्ठ नागरिक र नारी दिवसमा नारीहरुलाई सम्मान गर्ने गरेको वडा अध्यक्ष केसीले जाानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex