८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरपालिका र नान्सी शहरविच भागिनी सम्झौता


प्रकाशित: आईतबार, २६ असोज २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल र सरकार चीनविच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।


चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको सम्झौतापत्र आदान प्रदान गरिएको छ ।


सम्झौतामा काठमाडौं महानगरपालिका र चीनको नान्सी शहरबिच भागिनी सम्बन्ध स्थापना गर्ने सम्झौता समेत भएको छ । 


काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नान्जिन म्युनिसिपल कमिटिकी सेक्रेटरी जेफाङ् एङ्बुआले भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सम्बन्धले औपचारिकता पाएको हो । 


सम्झौता पत्र आदान—प्रदान महानगरका प्रमुख शाक्य र नेपालका लागि चीनका राजदूत छोउ यान्छीबीच भएको थियो । दुई नगरकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई नेपाल सरकारको गएको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले स्वीकृति दिएको थियो ।


सम्झौताबमोजिम दुई नगरकावीचमा संस्कृति र पर्यटनको संरक्षण तथा प्रबर्धन, बिकास निर्माण र बिकास व्यवस्थापनमा अनुभव आदान—प्रदान, उद्योग र बाणिज्य, शिक्षा, स्वास्थ्य, अर्थ बाणिज्य लगायतका क्षेत्रमा क्षमता बिकास एवं प्रर्वधनात्मक कार्यक्रम सञ्चालन हुनेछन ।


नान्जिन र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने बिषयमा गएको असार १० गते आशय पत्रमा हस्ताक्षर भएको थियो ।


नान्जिनसँग सम्बन्ध स्थापना भएपछि काठमाडौंसँग भगिनी सम्बन्ध स्थापना हुने चीनका नगरको संख्या ६ पुगेको छ । यसअघि ल्हासा, सियान, छेन्दु, सेन्जेन र लाञ्जाउसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD