२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरपालिका अब विहान ९ बजेबाट खुल्ने


प्रकाशित: शुक्रवार, १४ बैशाख २०८१, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरी सेवा दिने भएको छ ।


काठमाडौं महानगरका प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धरले बैशाख १६ गते आइतवारदेखि विहान ९ बजेदेखि कार्यालय खोल्ने जानकारी दिए । 


बेलुका भने समय भने साविककै हुने प्रवक्ता मानन्धरले बताए । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ । 


बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुने प्रवक्ता मानन्धरको भनाई छ ।

 
त्यसैगरी, थप समयमा काम गर्नका लागि कर्मचारीह?लाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD