२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरपालिकाले ७१ जना प्रधानाध्यापक मागे 


प्रकाशित: शुक्रवार, १७ कातिक २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि ७१ जना प्रधानाध्यापक माग गरेको छ । 


महानगरले शुक्रवार एक सुचना जारी गर्दै आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि ६ जना, कक्षा १ देखि ८ सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना माग गरेको हो । 


प्रधानाध्यापकको लागि योग्यताको हकमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुुनु पर्ने । 


छनौट चरणका लागि समावेश हुन माध्यमिक तहका लागि २ हजार शुल्क, आधारभूत तह (कक्षा १–८) सम्मका लागि एक हजार ५ सय र आधारभूत तह (१–५) सम्मका लागि एक हजार लाग्ने जनाएको छ । 


आगामी मंसिर १ गते सम्म आवेदनको लागि अन्तिम समय तोकिएका छ भने विद्यालय विकास प्रस्ताव पेस गर्ने मंसिर ८ गते रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD