काठमाडौं । काठमाडौं महानगरपालिका हनुमानढोका दरवार संरक्षण कार्यक्रमले यही बैशाख ५ गते विहिवार भव्य रुपमा विश्व सम्पदा दिवश मनाउने भएको छ ।
महानगरको सम्पदा तथा पर्यटन समितिले सो दिशवको अवसरमा विहान ७ बजे स्वयम्भुको भुईखेल देखि हनुमानढोकासम्म विभिन्न सांस्कृति ¥याली, झाँक्री, बाजागाजा सहित पदयात्रा गरी मनाईने कामपा १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।
सो दिन बसन्तपुरमा एक कायत्र्रक्रम विच समितिले सम्पादा क्षेत्रबारे एक गुरुयोजनाको विमोचन गर्ने कार्यक्रम रहेको छ ।
समितिले सो दिन सम्पदा प्रेमी, सर्वसाधरण सबैलाई ¥यालीमा सहभागी हुन आव्हान समेत गरेको छ ।
काठमाडौं महानगरपालिको निकत भविष्यमै स्वयम्भुदेखि हनुमानढोका सम्म ‘सम्पदा पदमार्ग’ निर्माणको गुरुयोजा सार्वजनिक गर्ने तयारी गरेको महानगर प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले बताएका छन ।
सो पदमार्ग पदमार्गको दुरी २.८ किलोमिटर हुने छ । यस अघिको ‘वल्र्ड हेरिटेज ड’े मा बृहत पदयात्रा गरिएको थियो ।
विश्व सम्पदाम सुचिकृत यो सम्पदाको संरक्षण र सम्बद्र्धनमा काठमाडौं महानगरपालिको विभिन्न कार्यक्रम, योजनाहरु प्रस्तुत गर्ने समेत भएको छ ।
Categorized in सम्पदा/संस्कृति