१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरपालिकाले मासु पसललाई अनुदान दिने


प्रकाशित: सोमबार, २० फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मासु पसललाई अनुदान दिने भएको छ । 


महानगरले मासुको गुणस्तर सुधार गर्न अहिले १० वटालाई दिइने भएको छ महानगरले ३० वटा मासु पसललाई दिने भने पनि निवेदन नपरेको बताए । 


कृषि तथा पशु सेवा बिभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार प्राप्त निवेदन मध्येबाट मापदण्डका आधारमा ३ वटालाई साझेदारिमा मिट मार्ट स्थापना कार्यक्रम अन्तर्गत जनही १५ लाख रुपैयाँ, ४ वटालाई मासुजन्य उद्योग प्रवर्धन कार्यक्रम अन्तर्गत जनही ५ लाख रुपैयाँ र ३ वटालाई मासु पसल सुधार कार्यक्रमअन्तर्गत जनही १ लाख रुपैयाँ अनुदान दिइनेछ । 


छनौटमा परेका व्यवसायीहरु अहिले अनुदानबाट प्राप्त रकमबाट तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन । 


बिभागका प्रमुख भण्डारीका अनुसार छनौटमा परेका व्यवसायीको व्यवसायिक कार्ययोजना, अहिलेको पूर्वाधार र सुधार गर्न सक्ने आधारजस्ता सूचक हेरेर अनुदान उपलब्ध गराइनेछ । 


यसरी प्रदान गरिने अनुदान लगानीको ५० प्रतिशत भाग मात्र हो । महानगरबाट प्राप्त गरेको रकमको दोब्बर लगानी हुने व्यवसायीले मात्र अनुदान पाउनेछन ।


अनुदान उपलब्ध गराइने र अन्य पसलको स्थलगत अबस्था हेर्न आइतबार कलंकी, सोल्टीमोड र कालीमाटी क्षेत्रमा भएका मासु पसलको अनुगमन गरिएको थियो । 


महानगरकी कार्यवाहक प्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा श्रेष्ठ खड्गीको नेतृत्वमा भएको अनुगमनका क्रममा मासु उत्पादनमा लागेका व्यवसायीको आचरणमा जोड दिइएको थियो ।

 
 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex