काठमाडौं । काठमाडौको न्यरोड क्षेत्रमा रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न ‘अटोमेटेड भर्टिकल पार्किङ’ निर्माणको लागि एक हप्ताभित्रै आशयपत्र निकाल्ने तयारी गरेको छ ।
सार्वजनिक–निजी साझेदारीमा भर्टिकल पार्किङ निर्माण गर्न सार्वजनिक सूचना निष्काशन गर्ने महानगरका सहप्रवक्ता नवराज ढकालले बताएका छन् । आशयपत्र जारी गरेपछि छनौट भएका कम्पनीको सर्ट लिष्ट गरी कम्पनीको क्षमता अनुसार निर्माणको जिम्मा दिने भएको छ ।
महानगर आफै लगानी नगरी निजी क्षेत्रलाई निजी क्षेत्रमार्फत काम गराउने योजनामा रहेको छ । निश्चित अवधिसम्म निर्माण गर्ने कम्पनीले नै सञ्चालन गरेपछि महानगरलाई हस्तान्तरण गर्नेछ ।
धर्मपथको आफ्नै जग्गामा पार्किङ भवन निर्माण हुनेछ । पाँच तलाको पार्किङ भवन बन्ने सो पार्किङस्थालमा ५सय सवारी पाकिङ गर्न सकिनेछ ।
Categorized in प्रबिधि