काठमाडौं । काठमाडौं महानगरपालिकामा काठमाडौं जिल्ला अदालतका न्यायधीश बज्रेश प्याकुरेले निरिक्षण गरेका छन ।
शनिवार न्यायधिश प्याकुरेल नेतृत्वको एक टोलीले महानगरको न्याय प्रणाली सेवाको निरीक्षणसँगै सेवाबारे जानकारी लिएका हुन ।
महानगरका उप्रमुख हरिप्रभा खड्गीसँग न्यायप्रणालीका बारेमा सो टोलीलाई जानकारी दिँदै विवादका दुवैलाई लाभ हुने गरी न्यायिक मनको प्रयोग गरेर मेलमिलाप गराउने प्रयास गरेका बताईन ।
विवाद निरुपणका लागि महानगरसँग आफ्नै कार्यबिधि भएकोले काम गर्न सजिलो भएको उपप्रमुख खड्गीले निरिक्षण टोलीलाई अनुभव सुनाएका थिए ।
निरिक्षणको क्रममा न्यायधिश प्याकुरेलले महानगरमा आएका मुद्दाहरुको विषयमा जानककारी लिँदै मुद्दाका वादी प्रतिवादीहरुलाई समान मौका दिए नदिएको, पुनरावेदन गर्ने सुचना दिएको छ ÷छैन जस्ता विषयमा चासो राखेका थिए ।
महानगरका कानुन महाशाखा प्रमुख बसन्त आचार्यले महानरको न्यायिक सेवाको बारेमा निरिक्षण टोलीलाई विस्तृत जानकारी दिएका थिए । उनले बिवाद सृजना भएको ठाउँमा नै मेलमिलापका माध्यमबाट निरुपण गर्ने नीतिअनुरुप महानगरले केन्द्रमा एउटा र हरेक वडामा एक÷एक वटा मेलमिलाप कक्षको स्थापना गरिएको बताए ।
न्यायिक समितिमा आउने विवादका मुद्दाहरुमा रकोठा खाली गराइ पाउन, बाटो खुलाइ पाउन, अन्तरिम संरक्षणात्मक आदेश जारी गरी पाउन, घर भाडा भाग लगाइ पाउन, घर बाल बुझाएर मालसामान फिर्ता दिलाइ पाउन, मेलमिलाप गराइ पाउन, व्यवसाय सञ्चालनमा अवरोध हटाइ पाउन उजुरी पर्ने गरेको कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिईन ।
त्यसैगरी नक्सा बिपरीत निर्माण हुँदै गरेका टहराको निर्माण कार्य रोकी पाउन, बिनाकारण घर भाडाबाट हटाउन लागेकाले त्यस्तो कार्य रोक्का गरि पाउन, बस्ने कोठा उपलब्ध गराइ पाउन, कुटपिट गरेकोले कारवाही गरी पाउँ जास्ता विवादहरु आउने गरेका छन । चालु आर्थिक बर्षमा गत बर्षको दायित्व सरेर आएका ९४ र नयाँ उजुरी १५३ गरी २४७ वटा उजुरी भएकोमा १७७ वटा फस्र्यौट गरिसकिएको छ भने ७० वटा बिचाराधीन रहेका छन ।
जिल्ला अदालत काठमाडौंमा महानगरसँग सम्बन्धित ३५ वटा, उच्च अदालतमा ५० वटा र सर्वोच्च अदालतमा करीब ११० वटा मुद्दा चलिरहेका छन ।
Categorized in समाज