१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरपालिकामा अब २५ दिनमै अनलाईन नक्सा पास हुने


प्रकाशित: शुक्रवार, १ बैशाख २०७९, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बर्षको सुरुसँगै अनलाईन नक्सा पास प्रणाली सुरु गरेको छ ।


शुक्रवार काठमाडौं महानगरपालिका प्रमुुख बालेन्द्र साह (बालेन) ले अनलाईन नक्सा प्रणालीको सुरुवात भएको जानकारी दिएका छन । 

 


उनले नक्सा पास गर्ने लामो प्रक्रिया यो प्रणाली सुरु भएपछि छोटो हुने बताए । 


पहिला नक्सा पास गर्न २ देखि ३ महिना लाग्थ्यो भने अब यो प्रणालीबाट २५ दिनमै काम सकिने उनले जानकारी दिए । 


प्रमुख साहले संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिने समेत बताए ।  


उनले भने, ‘यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्श र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’ 
पाँच हजार वर्ग फिटसम्मको नक्सा पास वडाबाटै हुने समेत उनले बताए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD