काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत ६ महिना यता गरेका नगरविकासको लागि गरेका र गर्न बाकी रहेका महत्वपूर्ण कार्य तथा निर्णयहरु सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले राजधानीमा गत आईतबार आयोजित पत्रकार सम्मेलनमा महानगरको प्रगति विवरणहरु सार्वजनिक गरेका थिए ।
महानगरले सार्वजनिक गरेको प्रगती विवरणहरु ः –
१) सबै वडा कार्यालयको आफ्नै भवन बनाउने उद्देश्य अनुरुप यो वर्ष २५ करोड बजेट छुट्याइएको छ । यसमा वडा नं. ६ र ७ निर्माणाधीन अवस्थामा छन् भने २६ र १८ को हालै शिलान्यास भएको छ । वडा नं. ४, ८, ९ र १४ को कार्यालय भवन खरिद प्रक्रियामा पुगेकोछ ।
२) काठमाडौं महानगरपालिका भित्रका सडकहरुको मर्मत सम्भारको लागि यस आ.व.मा १० करोड विनियोजन गरिएकोमा सो कार्य टेण्डर प्रक्रियामा गइसकेको छ ।
३) रानीपोखरी पुनःनिर्माणको लागि १७ करोड छुट्याइएको छ भने रानीवारी विकासको लागि ३ करोड छुट्याइएको छ ।
४) नारायणगोपाल स्मृतिभवन तथा पार्क निर्माण, बालाजु पार्कको मास्टर प्लान सहरी योजना आयोगबाट भइरहेको छ ।
५) विभिन्न स्थानमा आकासे पुल निर्माणको लागि १२ करोड बजेट छुट्याइएको छ । यसमा दुई वटा आकासे पुलको डिजाइन तयार भई कार्यान्वयनको लागि गइसकेको छ ।
६) ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सबै वडाहरूमा बत्ती जडान गरिने भएकोछ । यसको लागि सबै वडाबाट ८५०० थान सडक बत्तीको माग भएकोमा ६५० थान जडान भइसकेको छ ।
७) कमलपोखरी मर्मत सुधार तथा नागपोखरी सौन्दर्यकरणको काम तत्कालै शुरु हुने भएकोछ । यसको लागि १ करोड बजेट विनियोजित गरिएकोछ ।
८) खुल्लातारहरूको व्यवस्थापन गरी शहरी सौन्दर्यकरण गरिने भएकोछ । हालविभिन्न वडाहरूमा यो कार्य शुरु भइसकेको छ ।
१०) विभागले हाल नक्सापासको जानकारी घरधनीलाई एसएमएसबाट दिन शुरु गरेको छ । हाल विभागले भ्द्यएक् माध्यमबाट नक्सापास गर्ने प्रक्रिया लागू गरेको छ ।
११) आर्थिक वर्ष २०७३÷०७४ मा २५४२ वटा नक्शापास भएको छ भने ९७५ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ । त्यस्तैआ.व. ०७४÷०७५ मा २७१८ वटा नक्सापास भएको छ भने ११३२ लार्इ निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ ।
१२) काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डीपीआरको लागि सम्झौता भएकोछ ।
१३) महानगरका विभिन्न स्थानमा ६० वटा स्मार्ट सोलार डस्टबिन जडान गरिएको छ ।
१४) कामपा वडा नं. २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जमिनमा पार्किङ बिल्डिङ बनाउन ईओआई सूचना जारी भएकोमा विभिन्न प्रस्ताव प्राप्त भइसकेको छ, त्यसको अध्ययन भइरहेको छ ।
१५) नयाँ सडक र दरवारमार्गमा स्मार्ट पार्किङ राखिने भएको छ ।
१६) कामपाका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउन मस्यौदा तयार भइसकेको छ ।
१७) आकाशे पुलको स्तरोन्नतिको डिजाइन तयार भइसकेको छ ।
१८) फोहोर मैलाको दीर्घकालीन समाधानको लागि बञ्चरे डाँडामा व्यवस्थापन गर्ने सहमति भएको छ । सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने १.९ किलोमिटर बाटो र बञ्चरेडाँडामा पूर्वाधार निर्माणको कार्य शहरी विकास मन्त्रालयले गर्ने भएको छ ।
१९) सडकमा रहेका ढलको सरसफाई कार्यलाई अघि बढाएको छ ।
२०) घर बनाउँदा बाहिर राखिएका निर्माण सामग्री घरधनी आफैलाई सफा गराउने काम गरिएको छ ।
२१) सडक सफा गर्न सडक विभागको ब्रुमर प्रयोग गरिएको छ । निकट भविष्यमै इटालीबाट महानगरपालिकाको आफ्नै पाँच वटा ब्रुमर पनि आउने भएको छ ।
२२) टुँडिखेल वरिपरिको जाम हटाउन पिक एण्ड ड्रप प्रणाली लागू गरिएको छ । केही गुनासो आएपनि नतिजा राम्रो देखिएको छ । अब कोटेश्वरको जाम हटाउन पनि स्थलगत अध्ययन शुरु भएको छ ।
२३) धेरै मठ मन्दिर जस्ता सम्पदाहरू रहेका भित्रीनगरका ११ वटा वडामा विशेष व्यवस्था गरी फुटपाथ पसल हटाउने, बाटोमा इँटा छाप्ने जस्ता कामहरू भइरहेको छ ।
२४) श्री अशोक विनायक द्यःछेँ (देवघर) पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
२५) चालु तथा स्वीकृत भएका ३७ वटा योजनाहरू मध्ये कुनै सम्पन्न भइसकेका छन् भने कुनै जारी रहेको अवस्था छ । यी योजनाहरूमा मन्दिर, पार्टी आदिको जीर्णोद्धार, बाटो, चोकमा इँटा छाप्ने, सौर्य बत्ती जडान गर्ने जस्ता कार्यहरू छन् ।
२६) हाल ७३ वटा नयाँ योजनाहरू शुरु गरिएका छन् । तीमध्ये केही सम्पन्न भइसकेका छन् भने अधिकांश चालु अवस्थामा रहेका छन् । नयाँ योजनामा कुमारी घर जीर्णोद्धार, शिवपार्वती मन्दिर जीर्णोद्धार, इन्द्रजात्रा र सेतो मछिन्द्रनाथको रथ तान्ने क्षेत्रमा बाटो मर्मत एवं मठ मन्दिरहरूमा झल्लर राख्ने कार्य, बहाल तथा चोकहरूको सौन्दर्यकरण एवं इँटा छाप्ने कार्य, स्मार्ट ट्वाइलेट र प्रहरी बिट निर्माण आदि कार्यहरू रहेका छन् ।
२७) ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको लागि गठन गरिएको “काष्ठमण्डप पुनर्निर्माण समिति” मार्फत २०७५ कार्तिक २२ गतेदेखि पुनर्निर्माण कार्य आरम्भ गरिएको छ । हाल यसको काठ र भुइँ तल्लामा काम भइरहेको छ । आगामी असार मसान्तसम्म पहिलो तल्ला सम्पन्न गर्ने समितिको योजना छ ।
२८) वडाहरूमा विपद् व्यवस्थापन समितिहरू गठन भएका छन् ।
२९) उपत्यका भित्रका अतिआवश्यक (इमर्जेन्सी) सम्पर्क नम्बरहरूको पुस्तिका (डाइरेक्टरी) प्रकाशन गरी वितरण गरिएको छ ।
३०) कामपा क्षेत्रभित्र रहेका खुल्ला क्षेत्रहरूको विवरण प्रत्येक वडा कार्यालयबाट तयार गर्न लगाएको छ ।
३१) विभागका कर्मचारीलाई ‘अर्लि वार्निङ सिस्टम’ को तालिम लिन लगाइएको छ ।
३२) कामपाभित्र रहेका पेट्रोल पम्प र ग्याँस डिपोहरूको अवस्थाबारे सर्वेक्षण कार्य भइरहेको छ ।
३३) आ.व. २०७५÷०७६ को श्रावणदेखि पौष मसान्तसम्म संघसंस्थादर्ता नवीकरणका लागि सिफारिस गरिएको संख्या २४९७ रहेको छ ।
३४) अनुगमन गरी नवीकरणको लागि सिफारिस गरिएका बालगृहहरूको संख्या २२ रहेको छ भने बौद्ध भिक्षु बालगृहहरूको संख्या ४ छ ।
३५) त्यस्तै मन्टेश्वरी ५, शिशु स्याहार केन्द्र ३, पूर्व प्राथमिकविद्यालय २ र अल्पकालीन सेवा केन्द्र ६ वटा पनि नवीकरणको लागि सिफारिस गरिएको छ ।
३६) विभिन्न वडा कार्यालयहरूमा सीसीटीभी जडान भइरहेको छ ।
३७) कर्मचारीलाई विषयगत तालिम दिने क्रममा इलेक्ट्रोनिक्स गभर्मेन्ट प्राक्योरमेन्ट सिस्टम, लेखा परीक्षण तथा बेरुजु, आर्थिक प्रशासन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
३८) वडा नं ९, १५, २३, २९ र ३१ मा सर्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा क्रमशःगरिने छ ।
३९) वडा कार्यायलहरू मार्फत सार्वजनिक सम्पत्ति संरक्षणको पहल भइरहेको छ ।
४०) स्नातकतह उत्तीर्ण सिभिल इञ्जिनीयर तथा आर्किटेक्टहरूलाई सहरी विकास सम्बन्धी ६ महिने तालिम दिने ‘करियर क्याम्प’को पहिलो ब्याच समापन गरी दोश्रो व्याच आरम्भ गरिएको छ ।
४१) काठमाडौंको वर्तमान सहरी समस्याहरूको पहिचान गरी त्यसलाई निराकरण गर्ने नौला तथा स्मार्ट प्रविधि सम्बन्धी अवधारणाको प्रतिस्पर्धा गर्न ‘स्मार्ट टेक्नोलोजी कम्पिटिशन’ आयोजना गरिएको छ । यसमा धेरै समूह र व्यक्तिले उत्साहपूर्वक आफ्ना प्रस्तावहरू दर्ता गरेका छन् ।
४२) काठमाडौं विभिन्न स्थानमा बनाउन लागिएका पार्क एवं पोखरीहरू जस्तो कि लगन टोलको शिलखाना, डिल्लीबजारको क्रियापुत्री भवन, महाराजगञ्जको शंखपार्क आदिको डिजाइनको काम भइरहेको छ ।
४३) वडा नं. १ स्थित कमलपोखरी पुनर्निर्माण र सौन्दर्यकरण कार्यको लागि टेण्डर प्रक्रियामा गइसकेको छ ।
४५) स्मार्ट शौचालय निर्माणको लागि उपप्रमुखको अध्यक्षतामा अधिकारसम्पन्न कार्यदल गठन गरिएको छ ।
४६) मनोहरा जग्गा एकीकरण अन्तर्गत नदीको दाया बायाँ वाल लगाउने काम भइरहेको छ । यो क्षेत्र रहेको ६१ वटा ग्यारेजलाई हट्न निर्देशन दिइसकेको छ ।
४७) शिक्षाविभागले महानगरभित्रका ६४० वटा बोर्डिङ स्कूल र ९१ वटा सरकारी स्कूलको अनुगमन गरिरहेको छ ।
४८) कामपा भित्रको श्रष्टालाई सम्मान गर्ने तयारी गरिरहेको छ ।
४९) शिक्षा सम्बन्धी कार्य गर्ने ट्यूशन सेन्टरलाई समेत दर्ता प्रक्रियामा ल्याउने तयारी भइरहेको छ ।
५०) शिक्षकहरूलाई माघदेखि नै बैंकिंग प्रणाली भित्र ल्याउने प्रक्रिया शुरु भइसकेको छ ।
५१) गएको ६ महिनामा सडक पेटी अतिक्रमण गर्ने ६७२ जना, अव्यस्थित मोटरसाइकल ४७५६ वटा, छाडा चौपाया ९९ वटा, अनधिकृत विज्ञापन ३९ वटा, जथाभावी फोहोर फाल्ने जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।
५२) वडा नं. २२, २३, २४ र २५ मा फुटपाथ पसल हटाउन विशेष अभियान सञ्चालन गरिएको छ ।
५३) विभिन्न स्थानमा पसलकवल अगाडि निकालिएका टपहरू काट्ने कार्य गरिएको छ ।
५४)आकाशे पुल र जेब्रा क्रसबाट मात्र बाटो काट्न सचेतना अभियान सञ्चालन गरिएको छ ।
५५)काठमाडौं महानगरपालिकामा रहेको सहकारी संस्थाहरुको १८५६ फाइललाई Digitilized गरी Archive गरेको र अब फाइलहरु Online बाट हेर्न सकिने बनाएको छ ।
५६) Copomox को पूर्णरुपमा कार्यान्वयन गर्नको लागि User Name / Password उपलब्ध गराएको जसबाट सहकारी संस्थाहरुले आफ्नो कार्यालयबाट नै Document एवं प्रगति विवरण Submit गर्न सक्ने वातावरण तयार गरिएको छ ।
५७) सहकारी विभागमा परेका ६० वटा मुद्दाहरूको व्यवस्थापन गरिएको र त्यसमध्ये ३५ वटा मुद्दाहरूको फछ्र्यौट गरिएको छ ।
५८) तारादेवी फाउन्डेशन अक्षयकोषको लागि रु. १० लाख प्रदान गरिएको छ ।
५९) सिद्धिचरण प्रतिष्ठानको लागि रु. ५ लाख प्रदान गरिएको छ ।

Categorized in समाज