२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरपालिकाको ‘मह’ जोडीलाई सम्मान


प्रकाशित: शुक्रवार, ३१ भद्र २०७९, २०ः३४ बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले वरिष्ठ हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई (मह) सम्मान गरेको छ ।


शुक्रवार काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ एम ९४.६ मेगाहर्जको २३ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमा मह जोडीलाई सम्मान गरिएको हो ।

 


मह जोडीलाई जनही ५१ ह्जार नगद राशीसहित कदरपत्रले विशेष सम्मान गरिएको थियो । 


सो अवसरमा सम्मान कार्यक्रमको प्रमुख अतिथी महानगर प्रमुख बालेन्द्र शाह(वालेन)ले मह जोडीको प्रशंसा गर्दै भने,‘ मह जोडीको तुलनामा अहिलेसम्म कोही आएको छैन, कलाकारिताको पराकाष्ठ हो उहाँहरु, कलाको माध्यमबाट देशको राजनीतिलाई असर पार्न सक्ने, व्यवस्थालाई असर पार्न सक्ने उदाहारण हुन उहाँहरु ।’


प्रमुख शाहबाट सम्मान ग्रहण गरेपछि श्रेष्ठले शाहको कामको चर्चा गरेका थिए । उनले शाहले विधिको शासन चलाएको भन्दै धन्यावाद दिएका थिए ।


उनले फुटपाथ व्यवासायीहरुलाई हङकङमा जस्तो नाईट मार्केट वा सवारी साधान नरोक्न स्थानमा व्यवस्थाप गर्न सकिने उपाय हुन सक्ने पनि प्रमुख शाहलाई सुुझाव दिएका थिए ।


त्यसैगरी सम्मानित कलाकार हरिवंश आचार्यले पनि प्रमुख शाहको प्रशंसा गरेका थिए । अचार्यले अहिलेको मेयर, उपमेयरबाट सम्मान लिन मिल्ने जस्तो भएकोले सम्मान लिएको बताए ।


‘नामै बालेन्द्र शाह, टुकुचामा पनि आगो बालिदिनु भयो, शाह साहसी भएकोले नाम अनुसार, थर अनुसार पनि काम भईरहेको छ, उनले भने,‘ आफुहरुले आज भन्दा ३५ बर्ष अगाडी काठमाडौंको फोहर लगायतको समस्यालाई लिएर कान्तिपुर भन्ने टेलिचलचित्र बनाएका थियौ, महनगरकै सपोर्टको लागि ।’


उनले त्यो बेला देखेको समस्या अहिले सम्म जस्ताको त्यस्तै देखिएको छ एक रती पनि समाधान नभएको बताए । खानेपानीको समस्या, फोहरको समस्या सकिएको छैन तर निराश भएर बस्न नमिल्ने उनले सुनाए ।


कार्यक्रमा उपप्रमुख सुनिता डंगोलले रेडियो, एफएमको महत्वको चर्चा गर्दै सम्मानित मह जोडीको प्रशंसा गरेका थिए ।


सो अवसरमा पत्रकार महासंघका अध्यक्ष् विपुल कार्की, काठमाडौं महानगर सुचुना प्रविधि प्रमुख नमराज ढकाल लगायतले बोलेका थिए ।


कार्यक्रम महानगरको सुचना तथा सञ्चार प्रविधि संयोजक तथा १७ वडा अध्यक्ष नविन मानन्धरको सभापतित्वमा सञ्चालन भएको थियो । 

 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD