१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरपालिकाको जिम्मामा आए यी कामहरु


प्रकाशित: विहिवार, १७ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको जिम्ममा एकलौटी रुपमा भत्री सडकको खाल्टाखुल्टी पुर्ने काम परेको छ । 


सहरलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा बुधवार प्रधानमन्त्री ंतथा मन्त्री परिषद्को कार्यालय कामको बाँडफाँड गरेको छ ।


त्यसैगरी पिक एण्ड ड्रप कार्यक्रमलाई निरन्तरता दिने र बिस्तार गर्ने, बिहान साढे आठसम्ममा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधन गन्तव्यमा पु¥याइसक्नु पर्ने, सडकबाट निर्माणजन्य सामाग्री हटाउनु पर्ने, पैदल मार्गमा भएको अतिक्रमण हटाउनु पर्ने काम महानगरका एकलौटी जिम्मामा परेका छन । 


त्यस्तै होर्डिङ बोर्ड हटाएर दृश्य प्रदुषण घटाउने, मोटरसाइकल र मोटरबाट हुने ¥यालीलाई निरुत्साहित गर्ने काम पनि महानगरले गर्नु पर्ने कामको सूचीमा रहेका छन । 


बिगतमा अभ्यास गरिएको सौर्यबत्तीले सडकमा आवश्यक पर्ने उज्यालो प्राप्त नभएकोले सौर्यबत्तीको सट्टा मास लाइट जडान गर्ने काम पनि महानगरको भागमा छ ।


सो छलफलमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले विभागीय प्रमुखहरुलाई आ–जिम्मेवारी लिएर स्वीकृत भएको कार्ययोजनाहरु पुरा गर्न निर्देशन समेत दिएका छन ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरको जिम्मामा परेको कामबारे जानकारी दिएका थिए । 


पछिल्लो समय महानगरले सहरको सुन्दरता विगार्ने गरि राखिएको होर्डिङबोडाहरु धमाधम हटाउन थालेको छ । 


त्यसैगरी सहरको सुन्दरतालाई व्यवास्थापन गर्न अन्य कामहरु विभिन्न निकायहरुसँग महानगरले सहकार्य गरेर गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD