काठमाडौं । प्रदेश सरकारले तोकेको तलव सुविधाले अहिलेको मंहगीमा टिक्न नसक्ने भन्दै असुन्तुष्टि जनाउँदै आएको काठमाडौ महानगरपालिकाको जनप्रतिनिधिहरुले १४ महिनादेखि तलवसुविधा लिएका छैनन ।
प्रदेश सरकारले मेयरको मासिक तलब ४६ हजार, उपमेयरको ४० हजार, वडाध्यक्षको २८ हजार, वडासदस्यको सात हजारका दरले तोकेपनि सो तलब अहिलेको समय अनुसार अपुग भएको भन्दै तलबसुविधा बृद्धिको माग गरेपनि प्रदेश सरकारले वास्ता गरेपछि जनप्रतिनिधिहरुले तलब नबुझेको हो ।
केही समय अघि बसेको काठमाडौं महानरपालिकाको परिषद बैठकले मेयरको न्युनतम तलब ६५ हजार, उपमेयरको ६० हजार, वडाध्यक्षको ४० हजार पु¥याउन प्रदेश सरकारलाई प्रस्ताव गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।
प्रवक्ता कार्कीका अनुसार जनप्रतिनिधीहरुले बैठक भत्ता मात्र लिने गरेको छ ।
चालु आर्थिक वर्षका लागि महानगरले जनप्रतिनिधिको तलब शीर्षकमा ११ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
महानगरमा करिब १६२ जना जनप्रतिनिधि रहेका छन् ।
Categorized in समाज