७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरद्वारा ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ एप सुरु 


प्रकाशित: सोमबार, १७ चैत्र २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिको आईतबार आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ एप सुरु गरेको छ । 


महनगरपालिकाले संभावित महामारीमाथि निगरानी गर्न ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको हो । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली बिकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभा—गृहबाट प्रणालीको शुभारम्भ गरेका हुन । 


प्रणालीमा प्राप्त सूचनालाई रोगसँग सम्बन्धित बिशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य बिश्लेषण गरेर त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई अवस्थाका बारेमा प्रणालीले सूचना दिने काम गर्ने प्रमुख शाक्यले जानकारी दिए । 


महानगरका अनुसार संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउने छ ।  


प्रमुख शाक्यले पछिल्लो संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यो प्रणाली बिकास गरिएको बताउँदै भने,  ‘कतिपय बेलामा व्यक्तिको सावधानीले मात्र पनि सेवा प्रवाहलाई सहज बनाउँछ । सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवाप्रवाहमा अनावश्यक प्रक्रिया, झन्झट र खर्च गर्नु पर्दैन ।’


नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थाको साझेदारितामा यो प्रणाली बिकास गरिएको हो ।


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रशासन बिभागका प्रमुख नमराज ढकाल, सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनाल र जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्य सहभागी रहेका थिए । 


यो एप्लिकेसन गुगलको ‘प्लेस्टोर’ बाट डाउनलोड गरी इन्स्टल गरेर सेवा लिन सकिने छ । यो एप्लिकेसन प्लेस्टोरमा समावेश गर्न लाग्ने अवधिसम्म महानगरको वेभ पेज www.kathmandu.gov.np बाट सूचना सूचना लिने काम हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD