१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरद्वारा ४९ हजार ६८४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण


प्रकाशित: विहिवार, ८ फागुन २०७६, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा ४९ हजार ६८४ जना व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।


कामपा वडा १६ मा सबैभन्दा धेरै २ हजार ८२७ जनाले भत्ता पाएका छन भने वडा १ मा सबैभन्दा कम  ८१४ जनाले सुरक्षा भत्ता बुझेको महानगरले जनाएको छ । 


त्यसैगरी दोश्रोमा वडा १४ मा २ हजार ७६१ जना भत्ता बुझ्ेका छन भने तेश्रोमा वडा १५ हो । यस वडामा २ हजार ५२७ जनाले सुरक्षा भत्ता बुझेका छन । 


काठमाडौं महानगरका ३२ वटा वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष पूरा गरेको जेष्ठ नागरिकको संख्या १७ हजार ४२७ छ । दलिततर्फ महानगरभरीमा १५० जनाले भत्ता बुझ्दै आएका छन । 


यो बर्ष महानगरका १० हजार ५९८ जना बिधवाले सामाजिक सुरक्षा भत्ता रकम पाएका छन । सामाजिक सुरक्षा भत्ताको अर्को शीर्षक एकल भत्ता पाउनेको संख्या १ हजार ८६ रहेको छ । 


महानगरभरिमा पूर्ण अपाङ्गको संख्या ५१३ जना छ भने ३८१ आंशिक अपाङ्ग (अति अशक्त) व्यक्तिमध्ये वडा सबैभन्दा धेरै वडा १६ मा २८ जना, वडा २६ मा २७ जना र वडा १५ मा २४ जना छन । 


बालपोषणअन्तर्गत मासिक भत्ता पाउने बालबालिकाको संख्या ८ रहेको छ । दलित, एकल महिला र बिधवाले मासिक २ हजार रुपैयाँ भत्ता प्राप्त गर्छन । 


पूर्ण अपाङ् भत्ता मासिक ३०० रुपैयाँ हो भने आंशिक अपाङ्ता भत्ता मासिक १६०० रुपैयाँ हो ।  सरबारबाट प्राप्त हुने यो रकमसँगै काठमाडौ महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने ७५ बर्ष माथिका महिला र ८० बर्ष माथिका पुरुषलाई बार्षिक १२ हजार रुपैयाँ महानगर बिशेष भत्ता रकम दिने गरिएको छ ।


महानगरले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ३२ करोड १३ लाख ३८ हजार ९०० सय रुपैयाँ वितरण गरेको लेखा अधिकृत अनिता श्रेष्ठले बताईन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD