१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगरद्वारा सम्पदा मार्गको गुरुयोजना र रुट सार्वजनिक


प्रकाशित: मंगलवार, ३ बैशाख २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदाको अवसर पारेर काठमाडौं महानगरपालिकाले मंगलवार पत्रकार सम्मेलन गरेर सम्पदा मार्गको गुरुयोजना र रुट सार्वजनिक गरेको छ । 


बैशाख ५ गते विहिवार महानागरले मनाउन लागेको सम्पदा दिवशको बारेमा जानकारी दिँदै सम्पदा मार्गको गुरु योजनाबारे जानकारी दिएको हो । 


महानगरपालिकाले २२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरु योजना तयार पारेको छ । 


बिहीबार अर्थात अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा सार्वजनिक गरिने सम्पदा पदयात्राको गुरुयोजनामा संस्कृति तथा रीतिथितिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कामलाई लक्ष्य बनाइएको छ । 


महानगरका प्रवक्ता ईश्वरमान डंगोलले संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्नुलाई महानगरले प्राथमिक कामका रुपमा अघि सारेको बताए । 


विश्वलाई नेपाल चिनाउने काठमाडौं सम्पदाको संरक्षण र सम्बद्र्धनमा सबैको सहयोग र योगदान आवश्यक रहेको प्रवक्ता डंगोलको भनाइृ रहेको थियो । 


महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक तथा १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले महानगरको सम्पदा तथा पर्यटन समितिले बिश्व सम्पदा दिवसका अवसरमा अघि सारेका कार्यक्रममाथि चर्चा गरेका छन । 


उनले स्वयम्भू र हनुमान ढोकाबीचमा अवलोकन योग्य प्रशस्त संरचना भएको जानकारी दिँदै छोटो दुरीमा भएका दुई सम्पदालाई क्रमशः प्राचीन भौतिक संरचनाले जोडिएका अन्यत्र छैनन । त्यसैले यसको अद्वितीयपनलाई पर्यटन र स्थानीयको जीवन सुधारसँग जोडेको बताए ।


काठमाडौं महानगर क्षेत्रभित्र बिश्व सम्पदा सूचीमा सूचीकृत भएका ४ वटा स्थान छन ।


काठमाडौं महानगरका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनको कार्यमा पनि यो पदयात्रा सहायकसिद्ध हुने विश्वास गरिएको छ ।

 
सम्पदा पदयात्राको २.२ किलोमिटर दुरीभित्र रहेका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ ।


सम्पदा पदयात्रामा अवलोकन गरिने सम्पदाहरूः


काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरू अवलोकन गर्न सकिने छ । 


महानगरपालिकाले ती सम्पदाहरू पहिचान गर्न विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ । यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरूको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिने छ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।

 

सम्पदा पदमार्गको रुटः


हनुमानढोका — काष्ठमण्डप — मरु गणेश — मरु हिटी — सन्तानेश्वर महादेव — मरुबही — मिच्याः गल्ली — बन्जाः हिटी — साः ९तेल मिल० — चस्वांद्वँ — दमाइ टोल — सुन्ता गल्ली — पाछै गल्ली — नरदेवी द्यःछेँ — आयुर्वेदिक अस्पताल — सामुदायिक ९लोकेश्वर० गल्ली — बुरांखेल — म्येछ्यों हिटी — तप्यँताँ — रञ्जित मल्ल सतः घाट — भेलु महादेव — डल्लु चौतारा — निपु हिटी ९भीमसेन मन्दिर० — धिमे ल्वहं — चारा हिटी — भुइखेल हुँदै स्वयम्भू ।


विश्व सम्पदा दिवसकै अवसरमा गत वर्ष वैशाख २ गते पनि सम्पदा मार्गमा यसरी नै पदयात्रा सहित कार्यक्रम सञ्चालन गरिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD