१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगरद्वारा शंखधर पार्क निर्माणकाका लागि एक करोड अनुदान


प्रकाशित: बुधवार, १५ माघ २०७६, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । शंखधर पार्क निर्माणका लागिको लागि काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई एक करोड अनुदान प्रदान गरेको छ । 


बुधवार एक कार्यक्रमविच महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले थिमीका नगर प्रमुख मदनसुन्दर (जगुलु) श्रेष्ठलाई हस्तान्तरण सो रकमको चेक हस्तान्तरण गरे । 


नगरको वडा ४ मा निर्माण गर्न लागिएको उक्त पार्कको मेयर शाक्यले पार्क निर्माणको शिलान्यास गरेका थिए । 


महानगरका प्रमुख शाक्यले यस प्रकारको साझेदारि काठमाडौं जिल्लाबाहिरका नगरसँगको पहिलो भएको बताउँदै काठमाडौं जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न १ ÷१ करोड रुपैयाँ अनुदान दिएका उल्लेख गरे ।


सो अवसरमा मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले महानगरबाट उपलब्ध भएको अनुदान रकमबाट निर्माण हुने पार्कबाट नगरबासीलाई लाभ पुग्ने बताए ।  


कार्यक्रमा वडा ४ का अध्यक्ष कुमार श्रेष्ठले महानगरको सहयोगमा आफ्नो वडामा ठूलो योजना सञ्चालन हुने भएकोमा खुशी व्यक्त गरेका थिए । 


पार्क निर्माणका लागि १७ करोड रुपैयाँको गुरुयोजना तयार पारिएको छ । शुरुमा १७ रोपनी क्षेत्रफलबाट काम थालनी गरिनेछ । त्यसपछि क्रमशः जोडिएको ५३ रोपनी जग्गामा पार्क बिस्तार गर्ने नगरको योजना छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD