८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

काठमाडौं महानगरद्वारा बुद्ध विहार पुनःनिर्माणका लागि १ करोड प्रदान


प्रकाशित: शनिवार, ३२ साउन २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि १ करोड रुपैयाँ अनुदान दिएको छ ।


विहार पुनःनिर्माण कार्यलाई तीब्रता दिन महानगरपालिकाले सो रकम उपलब्ध गराएको हो । विभिन्न दाताहरुको सहयोगमा एक वर्ष अघिदेखि सो विहारको पुनःनिर्माण कार्य भइरहेको छ ।


शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । 


महानगरपालिकाको नगरसभाले यस अघि सो रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो । रकम हस्तान्तरण समारोहमा संघीय सांसद्, प्रदेश सांसद् सहित उपप्रमुख हरिप्रभा खड्गी र विभिन्न वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो ।


सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे“ लगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


महानगरपालिकाले सम्पदा संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहा“ले भन्नुभयो ‘यस कार्यलाई सफल र प्रभावकारी बनाउन सबैको साथ, सहयोग अनिवार्य छ । तपाईहरुको साथ, सहयोग बिना मेयर एक्लैले चाहेर मात्र सोचे अनुरुप काम गर्न सक्दैन ।’ 


प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले यथोचित सहयोग गर्ने बताउनुभयो ।  


नया“ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन निर्माण र नेपाल बौद्ध परियति शिक्षा सञ्चालनलाई पनि चालू आर्थिक वर्षमा यथोचित बजेट विनियोजित गरेको पनि प्रमुख शाक्यले जानकारी दिनुभयो ।


सो अवसरमा काठमाडौं क्षेत्र नं ६ का सांसद् एवं पूर्वमन्त्री भिमसेनदास प्रधान, प्रदेश सभा सदस्य जीवन डंगोलले विहारको निर्माणको लागि यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


एक वर्ष अघि भएको विहारको शिलान्यास समारोहमा प्रतिबद्धता व्यक्त गरे अनुरुप महानगरपालिकाबाट यथोचित सहयोग गरेकोमा खुशी व्यक्त गर्दै समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले यसबाट बुद्ध धर्मको विकास र विस्तार, ध्यान र ज्ञानबाट सर्वसाधारण लाभान्वित गर्ने कार्यमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनःनिर्माण गरिसक्ने विश्वास पैदा गरेको पनि भिक्षु कौण्डन्यको भनाई रहेको छ ।


समितिका सहसचिव सुनील महर्जनले कर्मचारी संयन्त्रको सुस्त गति, प्रक्रियामुखी प्रवृति र संघ र प्रदेशको कानूनको अभावका बाबजुद पनि सरोकारवालाहरुको संवेदनशीलतालाई बुझेर महानगरपालिकाले उच्च मनोबलका साथ संस्कृति र सम्पदा क्षेत्रमा केही उदाहरणीय काम गरेको धारणा राख्नुभयो ।


सो विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैली बनाइरहेको छ । पुनःनिर्माणका लागि करिब ४ करोड रुपैया“ लाग्ने अनुमान रहेको समितिका उपाध्यक्ष मोतिलाल शिल्पकारले जानकारी दिनुभयो । 


नयाँ भवन बनेपछि करिब ३ सय जना सामूहिक रुपमा बसेर ध्यान, प्रार्थना गर्न मिल्ने, विभिन्न जिल्ला र देशबाहिरबाट आउने आगन्तुक भिक्षुहरुलाई बस्न सहज हुने, भिक्षुहरुलाई तालिम, अभिमुखीकरण गर्न सकिने पनि समितिका उपाध्यक्ष शिल्पकारले जानकारी दिनुभयो ।

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika