११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरद्वारा अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्र निर्माणको लागि ३ करोड अनुदान


प्रकाशित: बुधवार, २२ माघ २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले बुधवार महानगरको वडा १० शंखमुलस्थित केन्द्रमा केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई चेक हस्तान्तरण गरे । 


प्रमुख शाक्यले महानगरपालिकाले भौतिक पूर्वाधार बिकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाहरुको प्रवर्धनमा काम गरिरहेको बताए । 


शाक्यले यो सँगै स्वास्थ्य, शिक्षा र सामाजिक जीवनको स्तर उकास्न बिशेषज्ञ सेवाको क्षमता भएकाहरुसँग सहकार्य गरिरहेका जानकारी दिए । 


सो अवसरमा केन्द्र अध्यक्ष ताम्राकारले यो सहयोगका साथै घर जग्गा करमा पनि मिनाह गरिदिए राहत हुने बताए ।


कार्यक्रममा केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौत्तम बुद्धको आदर्श बिश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । 


त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।


२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD