३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरद्धारा विकास योजना माग, बैशाख १२ गतेको समय सिमा


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय सर्वसाधारणसँग विकास योजनाको माग गरेको छ । 


आर्थिक बर्ष २०७६/०७७ का लागि तयार गरिने बार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग बिकास योजना माग गरिएको कामपाले जनाएको छ ।

 
बैशाख १२ गते सम्म योजनाहरु स्थानीय वडा समक्ष पेश गरी सक्नु पर्ने सिमा समय दिएको छ । 


योजना पेश गर्ने व्यक्तिले बिकासबाट लाभ प्राप्त गर्ने बर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तरक्रिया, छलफल र बिचार बिमर्श गरेर योजना पेश गर्नु पर्नेछ । 


महानगरले जारी गरेको सूचना अनुसार स्थानीयबासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन । पेश भएका योजनाको प्राथमिकीकरण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । 


टोलबासीबाट प्राप्त भएका योजनामा वडाले देखेका योजना थप हुनेछन । यसरी संकलन भएका योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, बिपद् व्यवस्थापन, शुशासन र संस्थागत बिकास जस्ता क्षेत्रमा बर्गीकरण गर्नेछ । 


त्यसपछि योजनाको क्रमागत सूची महानगरमा पठाइनेछ । समितिलाई योजना पठाउन बैशाख १५ गतेको समय दिइएको छ ।


महानगरले आर्थिक बर्ष २०७६/०७७ का लागि योजना तथा कार्यक्रम छनौट बर्गीकरण र प्राथमिकीकरणका सम्बन्धमा जारी गरेको सूचनामा यी बिषयहरु उल्लेख छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex