४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरद्धारा खुला कविता प्रतियोगिता आयोजना


प्रकाशित: शुक्रवार, २१ मंसिर २०७५, ०९ः०२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकको लािग खुला कविता प्रतियोगिता आयोजना गरेको छ । 


काठमाडौ महानगरपालिकाको २४ औं महानगर दिवस भव्य रुपमा मनाउने कार्यक्रम अन्तर्गत सो गरिएको कामपा शिक्षा विभागले जनाएको छ । 


महानगरले आव्हान गरेको मिति २०७५/०८/१४ गते २ ः०० बजे सम्ममा यस कार्यालयमा दर्ता हुन आएका १०८ वटा प्रतियोगि कविताहरुको कोड कायम गरि ३ जना मूल्याङनकर्ताहरुबाट उत्कृष्ट १३ वटा कविता वाचन गरिने भएको छ । 


सो कविता बाचनको लागि महानगरले यही मंसिर २४ गते शिवपुरी मा.वि., महाराजगंजमा शिक्षकहरुलाई उपस्थितको लागि अनुरोध गरेको छ । 


बाचन पश्चात मुल्याङकन समेत गरि प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना घोषणा गर्ने कार्यक्रम रहेकोले छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex