१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगरद्धारा कोरोना रोकथामवारे समीक्षा


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि गरेको कार्यको समिक्षा गरेको छ ।


आईतवार महानगरको ४५ औं कार्यपालिका बैठकमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले संक्रमण रोकथाम र नियन्त्रणका महानगरले गरेको कामहरुको चर्चा गरेका थिए । 


प्रमुख शाक्यले महानगरका ६८ हजार ६१७ जनालाई राहत वितरण गरेको, १९ हजार ७२३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको जानकारी दिएका थिए ।


त्यसैगरी लकडाउनका अवधिमा उपचार गर्न अस्पताल जाने ३ हजार १९५ जना बिरामीलाई अस्पताल ल्याउने तथा घर सेवा प्रदान गरिएको थियो ।  नेपाल एम्बुलेन्स सेवाको १०२ बाट २ हजार ६८० जनाले र एम्बलेन्स चालक संघबाट ५१५ जनाले सेवा लिएका छन । बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन प्रमुख शाक्यले वडाध्यक्षहरुसँग आग्रह गरेको छ । 


महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई निकासा पठाइएको क्रमशः १५ लाख, १० लाख र ५ लाख रुपैयाँलाई बैठकले अनुमोदन गरेको छ । 


त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।


यससँगै सामाजिक परिचालकहरुको करार म्याद असार मसान्तसम्म थप गरी उनीहरुलाई बैशाख १ गतेबाट लागु हुने गरी मासिक २४ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले बसन्तपुर क्षेत्रमा भएका कान्ति ईश्वरी राज्यलक्ष्मी र कन्या माद्यमिक बिद्यालयलाई स्थानान्तरण गर्ने र सिसिटिभि क्यामरा जडान गर्न नेपाल प्रहरीसँग भएको सम्झौताबमोजिम भुक्तानी गर्नुपर्ने बाँकी रकम भुक्तानी गर्ने निर्णय गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD