४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरद्धारा अमगरगढी पार्क निमाणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान


प्रकाशित: विहिवार, २८ साउन २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकालाई पार्क निर्माणको लागि आर्थिक अनुदान दिने भएको छ । 


काठमाडौं महानगर र डडेल्धुरा जिल्लाको अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना भएपछि उक्त सहयोग गर्ने भएको महानगरपालिकाले जनाएको छ । 


साउन २६ गते मंगलवार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


भगिनी सम्बन्धमा हस्ताक्षर तथा घोषणापछि महानगरको नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत अमरगढी पार्क निर्माणका लागि सम्झौता भए अनुसार अमरगढी नगरपालिकाको वडा नम्बर २ र ५ को भौगोलिक क्षेत्रमा अमरगढी पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । त्यहाँको ४ सय ५० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिनेछ ।


सो अवसरमा  अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत तथा सदस्यहरु, कार्यपालिका सदस्यहरु, अमरगढी नगरकी उपप्रमुख संगीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायसहित अधिकारी सहभागी थिए । 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ खण्ड (ट) को कानुनी व्यवस्थाबमोजिम काठमाडौँ महानगरले अन्तरपालिका भगिनी सम्बन्ध सम्बन्ध स्थापना गर्दै आएको छ ।


०५३ सालमा देशभर घोषणा भएका १५ नगरपालिकामध्ये अमरगढी एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरिपरिका साविक ५ वटा ९डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा, उग्रतारा र भूमिराज० गाउँ विकास समितिको भौगोलिक क्षेत्र गाभेर नगरपालिका बनाइएको हो ।


नेपालको एकीकरणका लागि अमरसिंह थापाले निर्माण गरेको त्यही विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika