२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरको ५ महिनामा ३ अर्ब ९३ करोड बढि राजस्व संकलन


प्रकाशित: शुक्रबार, १३ पुस २०८०, १८ः२६ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आ.व. २०८०/८१ को पाँच महिनामा ३ अर्ब ९३ करोड ६० लाख ३५ हजार ८१५ रुपियाँ राजस्व संकलन गरेको छ । 


महानगरले २०८० साउनदेखि मंसिर सम्मको राजस्व विवरण सार्वजनिक गरेको हो । 


गत आ.व.को ५ महिनाको आम्दानी तुलना गर्दा गत आ.व. २०७९/८० मा ३ अर्ब ४७ करोड ८४ लाख ४ हजार ६६३ रुपियाँ राजस्व संकलन भएको थियो । 


महानगरले आन्तरिक राजस्वबाट २ अर्ब २८ करोड ६२ लाख ५४ हजार ७६ रुपियाँ, बाँडफाँडाबाट प्राप्त ३५ करोड ५४ लाख ३० हजार १०३ रुपियाँ र आन्तरिक अनुदानबाट १ अर्ब २९ करोड ४३ लाख ५१ ह्जार ६३५ रुपियाँ प्राप्त भएको हो । 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD