७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरको ३८ औं कार्यपालिका बैठले यी निर्णयहरु गरयो


प्रकाशित: शनिवार, ७ मंसिर २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३८ औं कार्यपालिका बैठकले २५ औं महानगर दिवश मनाउने देखि लिएर १३ औं साग खेलकुदका लागि विशेष तयारी गर्ने निर्णय गरेको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा गत मंगलवार बसेको बैठकले शाक्यकै अध्यक्षतामा अध्यक्षतामा ‘२५ औं महानगर दिवस मुल समारोह समिति’ गठन गरेको छ ।


बैठकले नजिकिँदै गएको १३ औं साफ खेलकुदका लागि वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । 


उक्त समितिले खेलाडी तथा बिशिष्ट पाहुनाको स्वागतका लागि स्वागत द्वार निर्माणमा समन्वय गरिदिने, होर्डिङ्, डिजिटल बोर्ड र महानगरका सञ्चार माध्यमबाट खेलकुद सम्बन्धि सूचना तथा जानकारी प्रसारण व्यवस्था मिलाइदिने, खेल स्थानमा घुम्ती शौचालय, एम्बुलेन्स र दमकल तैनाथ गर्ने, सडकका खाल्टाखुल्टी पुरिदिनुपर्ने गर्ने छ । 


त्यसैगरी खेलकुदलाई सहरका बिभिन्न स्थानमा अवलोकन गर्ने व्यवस्था मिलाउने, सरसफाइलगायतका काम समितिले गर्ने महानगर प्रवक्ता ईश्वरमान डंगोलले बताए । 


त्यसैगरी बैठकले वडा ३१ मा निर्माण सम्पन्न भएको पञ्चकुमारी सामाजिक गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ । 


धार्मिक संरचनालाई पनि महानगरको अभिलेखमा ल्याउनको लागि नक्सा स्वीकृत गर्नुपर्ने व्यवस्था भएकोले नक्सा स्वीकृत गर्दा लाग्ने दस्तुर निर्माण सम्पन्न भएपछि दस्तुर फिर्ता गरिने नीतिगत व्यवस्था गरेको छ । 


बैठकले वडा २९ मा सञ्चालित युनाइटेड बहुउद्देश्यीय सहकारीलाई ‘समस्याग्रस्त सहकारी’ घोषणा गरेको छ । 


२०६४ सालमा दर्ता भएको उक्त संस्थाले बचत कर्ताको रकम लिएर सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्क बिहिन भएपछि उक्त सहकारीलाई ‘समस्याग्रस्त सहकारी’ गरिएको हो । 


त्यसैगरी काठमाडौंमा गुड्ने २० बर्ष अवधि पूरा भएका सवारी साधन बिस्थापन हुने सवारी साधनका सट्टामा ल्याइने सवारी साधन धेरै मानिस अट्न सक्ने, पेट्रोल डिजेलको सट्टा बिजुलीबाट चल्न सक्ने खालको हुनु पर्ने यातायात विभागलाई राय दिने निर्णय गरेको छ । 


त्यस्तै महानगरलाई आश्रित मानिसमुक्त सहर बनाउने अभियानलाई प्रभावकारि बनाएर सञ्चालन गर्ने, मानव सेवा आश्रमसँगको सहकार्य थप २ बर्षका लागि नविकरण गर्ने लगायतका निर्णय गरेको छ, प्रबक्ता डंगोलले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD